२०८३ साउन २१ गते बिहीबार

एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा

एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २० गते सोमबार १०:३२

नेपाली टोली प्रतियोगितामा सहभागी हुन आगामी साउन २२ गते भारत प्रस्थान गर्ने छ ।
प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रबाट समान ८–८ पुरुष र महिला युथ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

पोखरा ।

नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली यू–२० महिला रग्बी टोली घोषणा गरेको छ ।

एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ यही साउन २४ देखि २७ गतेसम्म भारतमा हुने आयोजना हुँदै छ ।

यसै ट्रफीका लागि रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही छिन् ।

सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली यु–२० महिला रग्बी टोली छनोट भएको हो ।

नेपाली टोली प्रतियोगितामा सहभागी हुन आगामी साउन २२ गते भारत प्रस्थान गर्ने छ ।

प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रबाट समान ८–८ पुरुष र महिला युथ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

खेल बिहारस्थित राजगीर रंगशालामा खेलाइने रग्बी संघले जनाएको छ ।

पछिल्लो संस्करणको यस उमेर समूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो । यसपल्टमा भने भारतले आयोजना हुने भएको हो ।

नेपाली टोलीले हाल सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण गरिरहेको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए ।

प्रतियोगिता हुने भारतको मौसमसँग मिल्नेगरी टोलीलाई पछिल्लो एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको महासचिव घिमिरेले बताए ।

प्रकाशित मिति २०८२ साउन २० गते सोमबार १०:३२
हजुरको प्रतिक्रिया