२०८३ असोज २३ गते शुक्रबार

नेपालबाट कस्तो जनशक्ति विदेश गइरहेको छ ?

नेपालबाट कस्तो जनशक्ति विदेश गइरहेको छ ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २० गते सोमबार ०३:३५

काठमाडौ । न कुनै युद्ध, न कुनै विपत्ति । पछिल्लो समय देश छाड्नेको लर्को लागेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौँले नेपाल छाडिरहेका छन् । मुलुकभित्र बसेर रोजीरोटी नचल्ने भएपछि बाध्यताले रोजगारीका लागि देश...

काठमाडौ ।

न कुनै युद्ध, न कुनै विपत्ति । पछिल्लो समय देश छाड्नेको लर्को लागेको छ ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौँले नेपाल छाडिरहेका छन् ।
मुलुकभित्र बसेर रोजीरोटी नचल्ने भएपछि बाध्यताले रोजगारीका लागि देश छाड्नेको संख्या ठूलो रहेको छ ।
देशमै सम्भावना नदेखेर विदेशीने क्रम बढ्दा मुलुकले ठूलो युवा श्रम शक्ति गुमाइरहेको छ ।
वैदेशिक रोजगार विभागकाअनुसार हरेक दिन विदेशी रहेको जनशक्ति मध्ये अदक्ष मात्रै छैन् दक्ष जनशक्तिको संख्या पनि ठूलो रहेको छ ।
गत आर्थिक वर्ष २०८१÷८२ मा ८ लाख ३९ हजार २ सय ६६ जना विदेशिएका थिए ।
जसमध्ये ९ सय ३७ जना धेरै दक्ष नेपालीहरु विदेशिएका छन् ।
त्यसमा महिला भन्दा पुरुष धेरै छन् ।
धेरै दक्ष भएर विदेशीका पुरुषको संख्या ६ सय ९२ रहेको छ भने महिलाको त्यस्तो संख्या २४५ रहेको छ ।
त्यस्तै व्यवसायिक रुपमा जानेहरुको संख्या ४ हजार ३ सय ७२ रहेको छ ।
त्यसरी जसमध्ये पुरुष ३ हजार ७ सय ४९ पुरुष छन् भने ६ सय २३ जना महिला रहेका छन् ।
विदेश जाने अर्धदक्ष जनशक्तिको संख्या पनि ठूलो रहेको छ ।
वैदेशिक रोजगार विभागले उपलव्ध गराएको तथ्यांक अनुसार ९९ हजार ७ सय २३ जना अर्धदक्ष नेपाली एक वर्षको बीचमा श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
जसमध्ये ९० हजार भन्दा बढी पुरुष छन् भने अरु महिला छन् ।
यस्तै, सीप सिकेर विदेश जानेको संख्या पनि ठूलो रहेको छ ।
एक वर्षमा ५ लाख ६ हजार भन्दा बढी युवाजनशक्ति सीप सिकेर विदेश गएको छ ।
जसमध्ये पुरुषको संख्या हेर्ने हो भने ४ लाख ४७ हजार भन्दा बढी छ भने महिलाको संख्या ५९ हजार ७ सय ५४ रहेको विभागको तथ्यांकले देखाउछ ।
यस्तै सीप नसिकी विदेश जाने नेपालीको संख्या पनि ठूलो रहेको छ ।
वैदेशिक रोजगार विभागकाअनुसार एकै वर्षमा २२ लाख ७ हजार भन्दा बढी नेपाली श्रम स्वीकृति लिएर सिप नै नसकि विदेशिएका छन् ।
सीप नसिकेर विदेसिने मध्ये पुरुषको संख्या ज्यादा छ ।
विभागको तथ्यांक अनुसार २ लाख २ हजार भन्दा बढी पुरुषहरु सीप नसिकी विदेश गएको देखिन्छ भने २४ हजार भन्दा बढी महिलाहरु सीप बिनै विदेशिएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक हेर्ने हो भने वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात बढेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा यस्तो अनुपात १९.६३ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०८१÷८२ मा वैदेशिक रोजगारीमा गएकामध्ये २७.०९ प्रतिशत अदक्ष श्रमिक रहेका छन् ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीप सिकाएर पठाउने बताइरहँदा सीप नसिकी जानेहरुको संख्या घट्नुको साटो बढ्नु चिन्ताको विषय बनेको छ ।
विभागकाअनुसार गत आव २०८१÷८२ मा नेपालीहरु वैधानिक माध्यमबाट १५१ मुलुकमा रोजगारीमा गएका छन् ।
युएई, साउदी अरब, कतार, कुवेत र मलेसियामा सबैभन्दा बढी श्रमिक जाँदा १२ वटा मुलुकमा एक जनामात्र श्रमिक गएका छन् ।
वैदेशिक रोजगार विभागसँग विदेशिनेको तथ्यांक रहने गरेपनि कति विदेश गएर उतै बसे कति फर्किए भन्ने यकिन तथ्यांक भने छैन ।
यो एक वर्षको अवधिमा खाडी मुलुकसहित युरोपेली मुलुकहरुमा समेत नेपालीहरु धेरै गएको विभागको तथ्यांकले देखाएको छ ।

 

प्रकाशित मिति २०८२ साउन २० गते सोमबार ०३:३५
हजुरको प्रतिक्रिया