२०८३ साउन २१ गते बिहीबार

टप इण्ड टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

टप इण्ड टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २१ गते मंगलबार ०९:४६

नेपालसहित ११ टोली सहभागी यस सिरिजमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ ।  नेपालले आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दर्न टेरिटोरी स्ट्राइकसंग खेल्नेछ ।

पोखरा ।

आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप इण्ड टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरि (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम र ललित नारायण राजवंशी रहेका छन् ।

यसपटकको टोलीमा कुशल मल्लको पुनरागमन भएको छ ।

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन टप इण्ड टी–२० सिरिजमा खेल्ने खेलहरूको तालिका पनि सार्वजनिक भइसकेको छ ।

नेपालसहित ११ टोली सहभागी यस सिरिजमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ ।  नेपालले आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दर्न टेरिटोरी स्ट्राइकसंग खेल्नेछ ।

त्यस्तै नेपालको दोस्रो खेल १६ अगस्टमा बंगलादेश ‘ए’ विरुद्ध हुनेछ भने तेस्रो खेल नेपालले १८ अगस्टमा मेलबर्न स्टार्ससंग खेल्नेछ ।

नेपालले आफ्नो चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स खेल्दा पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्नेछ ।

लिगको अन्तिम खेल नेपालले २२ अगस्टमा पाकिस्तान शाहीन्ससंग खेल्ने तालिका छ ।

यसपटकको प्रतियोगितामा नेपाल, पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’ र अमेरिकाबाट शिकागो किङ्समेनसँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोली, होबर्ट हुरिकेन्स, पर्थ स्कोचर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक सहभागी छन् ।

लिग चरणपछि शीर्ष ४ टोलीबीच सेमिफाइनल खेल हुनेछ भने त्यसपछि फाइनल खेल हुनेछ ।

प्रकाशित मिति २०८२ साउन २१ गते मंगलबार ०९:४६
हजुरको प्रतिक्रिया