काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा मागेको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद मनिष झाले सभापति खतिवडाको राजीनामा मागेका हुन् ।
संघीय निजामति विधेयकमा कर्मचारीको कुलिङ अफ पिरियडमाथि भएको छलछामको नैतिक र राजनीतिक जिम्मेवार खतिवडा रहेको निष्कर्षसहित समितिले प्रतिवेदन बुझाएपछि उहाँको राजीनामा मागिएको हो । सांसद झाले सभापति खतिवडामाथि नैतिक प्रश्न उठेकोले पदमा रहन नमिल्ने तर्क गरे ।
उनले भने, ‘कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ । छापाखानाहरुमा यस्तै समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो । अब उहाँलाई नैतिक प्रश्न । यो नालायकीपनको जवाफ कसले दिने रु यसको जिम्मेवारी पनको जवाफ कसले दिने रु मेरो नाम लेखेको छैन भन्दैमा उम्किन पाइन्छ रु अहिलेको प्रधानमन्त्री भनेपछि हामी कसको नाम सम्झिन्छौं रु यहाँ पदको नाम लेखिएको छ नि ।’
सांसद झाले भाषा आयोगमा नियुक्ति खाने व्यक्ति मन्त्रिपरिषद्ले नियुक्त गरेका व्यक्ति नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति २०८२ साउन २२ गते बुधबार ०२:२१




