२०८३ असोज २३ गते शुक्रबार

गण्डकी प्रदेशका विभिन्न प्रतियोगिताका विजेता खेलाडीलाई म्याग्दीमा नगद सहित सम्मान

गण्डकी प्रदेशका विभिन्न प्रतियोगिताका विजेता खेलाडीलाई म्याग्दीमा नगद सहित सम्मान

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८२ साउन २३ गते बिहीबार ११:०८

सम्मानित हुने ७७ जनामा १३ जना अफिसियल बाहेक ६४ जना खेलाडी रहेका छन् ।
गोरखामा सम्पन्न भएको १६ औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी ११ स्वर्ण, ७ रजत र ९ कास्य पदक जितेर दोस्रो भएको थियो ।

म्याग्दी ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीले विभिन्न प्रतियोगिताका विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ ।

खेलकुद विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रदेशस्तरीय प्रतियोगिताका स्वर्ण, रजत र काँस्य पदक जित्ने खेलाडीलाई नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले सम्मान गरेका थिए ।

मार्सल आर्ट, भलिबल, ब्याडमिन्टन खेलमा गण्डकी प्रदेशमा स्वर्ण, रजत र काँस्य पदक जित्ने खेलाडीलाई क्रमश क्रमश ३ हजार, २ हजार र १ हजार नगद, सम्मानपत्रले सम्मान गरिएको थियो ।

सम्मानित हुने ७७ जनामा १३ जना अफिसियल बाहेक ६४ जना खेलाडी रहेका छन् ।

गोरखामा सम्पन्न भएको १६ औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी ११ स्वर्ण, ७ रजत र ९ कास्य पदक जितेर दोस्रो भएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गर्बुजाले खेलकुद र राजनीतिमा हारजित हुने बताउँदै आफ्नो लक्ष्य प्राप्तीका लागि निरन्तर लाग्नुपर्ने बताए ।

सोही अवसरमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई नगद १५ हजार, दोसल्लाले सम्मान गरिएको थियो भने गण्डकी प्रदेश महिला भलिबल टिमकी काजोल छन्त्याललाई नगद ५ हजार, सम्मानपत्रले सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

खेलाडी, अफिसियल सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक सुर्य थापा, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख विजय पौडेल, शसस्त्र प्रहरी बल गलेश्वरका प्रहरी नायब उपरीक्षक लीलाबहादुर भुजेल, विभिन्न संघसंस्थाका प्रतिनिधि सहित खेलाडीको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति २०८२ साउन २३ गते बिहीबार ११:०८
हजुरको प्रतिक्रिया