२०८३ साउन २१ गते बिहीबार

रविले थुनामुक्त गर्न माग गर्दै दिए रूपन्देही जिल्ला अदालतमा निवेदन

रविले थुनामुक्त गर्न माग गर्दै दिए रूपन्देही जिल्ला अदालतमा निवेदन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २३ गते बिहीबार १२:३८

सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् ।

सहकारी ठगीमा आफू संलग्न नरहेको भन्दै रविद्वारा थुनामुक्तको निवेदन

काठमाडौं ।
सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् । लामिछानेको सचिवालयले १९ साउनमा अदालतमा निवेदन दिएको भएपनि यो विषय तीन दिनसम्म सार्वजनिक नगरी गुपचुप राखिएको थियो । रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले लामिछानेले थुनामुक्त हुन निवेदन दिएकोबारे चार दिनपछि बिहीबार (आज) मात्रै थाहा पाएको बताए । लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले रुपन्देहीबाट काठमाडौं कारागार सर्न खोजेपनि गृह मन्त्रालयले रोकेको छ । रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी अभियोगको मुद्दामा लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, उच्च अदालतले आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । लामिछानेले जिल्ला अदालतमा दिएको निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ मा अदालतले धरौट, जमानत वा बैंक जमानत लिई तारिखमा राख्न सक्ने व्यवस्था अनुसार थुनामुक्त गर्न माग गरेका हुन् । सहकारी प्रकरणमा लामिछाने यसअघि पनि ८४ दिन हिरासत बसेर रिहा भएपछि २५ दिन बाहिर बसेका थिए ।

प्रकाशित मिति २०८२ साउन २३ गते बिहीबार १२:३८
हजुरको प्रतिक्रिया