२०८३ साउन २१ गते बिहीबार

लमजुङवासीलाई पोखरामा उपचार गर्न सहज, अन्नपूर्ण हस्पिटल र लमजुङ पोखरा समितिबीच सम्झौता

लमजुङवासीलाई पोखरामा उपचार गर्न सहज, अन्नपूर्ण हस्पिटल र लमजुङ पोखरा समितिबीच सम्झौता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २४ गते शुक्रबार १०:०५

सम्झौताको सबैभन्दा महत्वपूर्ण पक्ष बिरामीको उपचारमा लाग्ने सम्पूर्ण खर्चको भुक्तानीको जिम्मा समिति तथा सहकारीले लिने व्यवस्था हो ।
यसले गर्दा बिरामी वा उनका परिवारले उपचारको क्रममा आर्थिक जोहो गर्न दौडधुप गर्नुपर्ने बाध्यता हट्नेछ ।
अस्पतालमा बिरामी भर्ना भएपछि समितिले उपचार खर्चबापत अग्रिम पेश्की रकम उपलब्ध गराउने र उपचार अवधिभर आवश्यक रकम भुक्तानी गर्दै जानेछ ।

पोखरा ।

पोखरामा बसोबास गर्ने लमजुङवासीहरुको स्वास्थ्य उपचारलाई सहज र सुलभ बनाउने उद्देश्यले पोखराको अन्नपूर्ण बाल तथा महिला अस्पताल र लमजुङ पोखरा सम्पर्क समिति तथा लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्थाबीच सम्झौता भएको छ ।

यस सम्झौतासँगै अब समिति तथा सहकारीमा आबद्ध सदस्य र उनीहरूका परिवारले अस्पतालबाट विशेष सहुलियत र सहज प्रक्रियामा स्वास्थ्य सेवा पाउने भएका छन् ।

सम्झौता अनुसार, लमजुङ पोखरा सम्पर्क समिति र सहकारीले आफ्ना आजीवन सदस्य, शेयरधनी, कर्मचारी तथा उनीहरूसँग सम्बन्धित बिरामीलाई उपचारका लागि अन्नपूर्ण अस्पतालमा पठाउनेछ ।

अस्पतालमा उपचारका लागि आउने सदस्यहरूका लागि समितिले आधिकारिक सिफारिस पत्र वा मञ्जुरीनामा प्रदान गर्नुपर्नेछ ।

सम्झौताको सबैभन्दा महत्वपूर्ण पक्ष बिरामीको उपचारमा लाग्ने सम्पूर्ण खर्चको भुक्तानीको जिम्मा समिति तथा सहकारीले लिने व्यवस्था हो ।

यसले गर्दा बिरामी वा उनका परिवारले उपचारको क्रममा आर्थिक जोहो गर्न दौडधुप गर्नुपर्ने बाध्यता हट्नेछ ।

अस्पतालमा बिरामी भर्ना भएपछि समितिले उपचार खर्चबापत अग्रिम पेश्की रकम उपलब्ध गराउने र उपचार अवधिभर आवश्यक रकम भुक्तानी गर्दै जानेछ ।

अस्पतालले आफ्नो तर्फबाट बिरामीलाई आवश्यक पर्ने औषधि, प्रयोगशाला (ल्याब) परीक्षण लगायतका सम्पूर्ण सेवा प्रभावकारी रूपमा उपलब्ध गराउनेछ ।

उपचार सम्पन्न भएपछि अस्पतालले खर्चको विस्तृत विवरण समितिलाई उपलब्ध गराउने र सोही अनुसार समितिले एकमुष्ट रकम भुक्तानी गर्ने सहमति भएको छ ।

सम्झौताको प्रभावकारी कार्यान्वयन तथा सहज समन्वयका लागि दुवै पक्षबाट सम्पर्क व्यक्ति समेत तोकिएको छ ।

अस्पतालको तर्फबाट सन्तोष पाण्डेतथा समिति र सहकारीको तर्फबाट अध्यक्ष बिजली बहादुर गुरुङ र इश्वर चिलुवाल सम्पर्क व्यक्ति रहनेछन् ।

यो सम्झौताले पोखरामा रहेका हजारौँ लमजुङवासीलाई आकस्मिक वा सामान्य स्वास्थ्य समस्या पर्दा गुणस्तरीय उपचार पाउन एउटा भरपर्दो माध्यम बनेको छ ।

यसले एकातिर अस्पताल र समुदायबीचको सम्बन्धलाई बलियो बनाएको छ भने अर्कोतिर सदस्यहरूलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाएको बताइएको छ ।

प्रकाशित मिति २०८२ साउन २४ गते शुक्रबार १०:०५
हजुरको प्रतिक्रिया