२०८३ साउन २१ गते बिहीबार

त्रिवी क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन संसदीय समितिको निर्देशन

त्रिवी क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन संसदीय समितिको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २४ गते शुक्रबार ०१:००

काठमाडौं । संसदीय समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ। शुक्रवार सिंहदरबारमा बसेको शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त,...

काठमाडौं ।

संसदीय समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ।

शुक्रवार सिंहदरबारमा बसेको शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।

समितिले गत साउन १२ गते क्रिकेट मैदानको अवलोकन गरेको थियो। त्यसपछिको समयमा भएको कार्यप्रगति समितिलाई उपलब्ध गराउन समिति सभापति ठाकुरप्रसाद गैरेले समितिको तर्फबाट निर्देशन दिएका हुन्।

उनले भने, ‘त्रिवी क्रिकेट रंगशालाको कार्य प्रगति अनुगमनमा हामी गइसकेपछिको प्रगति विवरण के हो त्यो उपलब्ध गराउनु भनेर समितिले निर्देशन दिन्छ। समितिको तर्फबाट पत्रचार गर्दछौँ।’

अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लडलाइट बनाउने काम भइरहेको छ। समयमा काम नसकेपछि निर्माण कम्पनीलाई हर्जाना भराई काम भइरहेको छ।

मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए।

 

प्रकाशित मिति २०८२ साउन २४ गते शुक्रबार ०१:००
हजुरको प्रतिक्रिया