२०८३ साउन २१ गते बिहीबार

दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको मिनी अक्सन भोलि हुँदै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको मिनी अक्सन भोलि हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २४ गते शुक्रबार ०७:५१

टिमले आफ्नो आवश्यकताका आधारमा खेलाडी छनोट गरी खरिद गर्नेछ ।

अक्सनका लागि १५० खेलाडी छनोट भएकोमा त्यसबाट ३७ खेलाडी खरिद विक्री हुने

काठमाडौं ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सन शनिबार हुँदैछ ।

अक्सनका लागि १५० खेलाडी छनोट भएकोमा त्यसबाट ३७ खेलाडी खरिद विक्री हुनेछन् । पहिलो संस्करणको अक्सनमा ८ फ्रेन्चाइच टिमहरुले मार्कीबाहेक ८० खेलाडी अक्सनबाट खरिद गरेका थिए ।

त्यसमध्ये पहिलो सिजनका ३८ खेलाडीलाई टिमहरुले रिलिज गरेका छन् । यस्तै कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट भित्रिएका विपिन शर्मालाई ‘सी’ ग्रेडमा राखेर टोलीमा आवद्ध गरेसँगै शनिबार हुने मिनि अक्सनबाट ३७ खेलाडी एनपिएलमा आवद्ध हुनेछन् ।

अक्सनका लागि नेपाल क्रिकेट संघ क्यानले १५० खेलाडी छनोट गरेको छ । जसमा ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०५ खेलाडी छन् । पहिलो संस्करणको एनपिएलको अक्सनमा ग्रेड ‘ए’ र ‘सी’ बाट समान ३ र ‘बी’ बाट ४ खेलाडी अनिवार्य रुपमा खरिद गर्नुपर्ने व्यवस्था थियो ।

तर, यसपटक भने टिमले आवश्यकताअनुसार जुनसुकै ग्रेडको खेलाडी पनि खरिद गर्नसक्ने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका अनुसार हरेक टिमले अधिकतम ९० लाख खेलाडी खरिदमा खर्च गर्न पाउँछन् ।

रिटेन गरेका खेलाडीको मुल्य घटाएर बाँकी रकमबाट टोलीले खेलाडी किन्नेछन् । यसो हुँदा टिमले आफ्नो आवश्यकताका आधारमा खेलाडी छनोट गरी खरिद गर्नेछ ।

क्यानसँगको सम्झौताअनुसार रिटेन भएका खेलाडीको मुल्य १० प्रतिशतले वृद्धि हुनेछ । रिलिज भएका र नयाँ खेलाडीको हकमा भने न्यूनतम मूल्य ग्रेड ‘ए’ मा रहेका खेलाडीको १० लाख ‘बी’ मा रहेका खेलाडीको ५ लाख र ‘सी’ मा रहेका खेलाडीको २ लाख कायम गरिएको छ ।

प्रकाशित मिति २०८२ साउन २४ गते शुक्रबार ०७:५१
हजुरको प्रतिक्रिया