२०८३ साउन २१ गते बिहीबार

यो सिजनका लागि एम्बाप्पेको रियल मड्रिड् सपना अधुरै

यो सिजनका लागि एम्बाप्पेको रियल मड्रिड् सपना अधुरै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १५ गते मंगलबार ०१:५४

रियल म्याड्रिड जाने किलियान एम्बाप्पेको सपना यो सिजन पुरा नहुने भएको छ । युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन फ्रेन्च क्लबमा नै रहने पक्का भएको हो । यो सिजन नै एम्बाप्पेलाई भित्र्याउनेमा आशावादी रहेको...

रियल म्याड्रिड जाने किलियान एम्बाप्पेको सपना यो सिजन पुरा नहुने भएको छ । युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन फ्रेन्च क्लबमा नै रहने पक्का भएको हो ।

यो सिजन नै एम्बाप्पेलाई भित्र्याउनेमा आशावादी रहेको स्पेनिस महारथीले अन्त्यमा पीएसजीको २० करोड यूरोको माग पूरा गर्न अस्वीकार गरेको गोल डकटमले बताएको छ । यो सिजनको अन्त्यसम्म एम्बाप्पेको पीएजसीसँग करार रहेको छ । अब उनी लियोनेल मेस्सी र नेयमारसँगै खेल्ने छन् ।

यसअघि रियलले एम्बाप्पेलाई अनुबन्ध गर्न पीएसजीसँग दुईवटा अफर गरेको थियो । दोस्रो पटक १७ करोड युरो र थप १ करोड एडअनसहित अफर राखिएको थियो । पहिलो अफर अस्वीकृत भएसँगै गरिएको दोस्रो अफरपछि रियल २२ वर्षीय फ्रेन्च स्ट्राइकरलाई भित्र्याउनेमा ढुक्क थियो । तर, पीएसजीले दुवै अफरलाई अस्वीकार गरेको थियो ।

रियल जाने मुडमा रहेका एम्बाप्पेले पनि पीएसजीले उनीसामु राखेको करार नवीकरणका ६ वटा अफर अस्वीकार गरेका थिए । अब रियलले एम्बाप्पेसँग छलफल शुरु गर्न जनवरीसँग पर्खनुपर्नेछ ।

क्लब छाड्ने हल्लाबीच एम्बाप्पेले आइतबार मेस्सीले पिएसजीका लागि डेब्यू गरेको रेइम्सविरुद्धको खेलमा २ गोल गरेका थिए ।  सो खेल पीएसजीले २-० गोलअन्तरले नै जितेको थियो ।

तस्विर साभार – गुगल

प्रकाशित मिति २०७८ भदौ १५ गते मंगलबार ०१:५४
हजुरको प्रतिक्रिया