२०८३ साउन २१ गते बिहीबार

‘नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउनसके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु लिन सकिन्छ’

‘नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउनसके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु लिन सकिन्छ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २५ गते शनिबार ०२:४६

काठमाडौं । निजी मेडिकल कलेज तथा डेण्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउनसके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु भित्र्याउन सकिने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै...

काठमाडौं ।

निजी मेडिकल कलेज तथा डेण्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउनसके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु भित्र्याउन सकिने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा पर्यटन क्षेत्रबाट गत वर्ष ७५ अर्ब मात्रै रेभिन्यु भित्र्याउन सकेको र १० हजार मेडिकल विद्यार्थीलाई ल्याउनसके ५० अर्ब रेभिन्यु भित्र्याउन सकिने बताए।

बतासले अहिलेको नेपालको मेडिकल पूर्वाधारले ५ हजार विदेशी विद्यार्थीलाई धान्नसक्ने बताए। अझ दुई चरणमा अध्ययन गराउनसके फाइदा हुने उनले बताए। मेडिकल पर्यटनले नेपालको आर्थिक स्तर माथि उठाउन मद्दत पुग्ने उनको भनाइ छ । मेडिकल विद्यार्थीका लागि कोटा सिस्टम खोलिदिनुपर्ने बतासले बताए। साथै उनले अनलाइन एप्लिकेसनको व्यवस्था हुनुपर्ने बताए।

उनले भने, ‘५ हजार विदेशी विद्यार्थी अहिलेको मेडिकल पूर्वाधारले धान्छ । त्यसमा डबल शेसन गरिदिनुपर्छ । संसारभर डबल शेसन पढाइन्छ । न्यूनतम् पाँच हजार ल्याऔँ । सरकारी अस्पतालमा पनि डबल सेसन गर्ने हो भने आन्तरिक रुपमा आर्थिक रुपमा पनि सबल हुन्छ । देशमा पनि आन्तरिक पर्यटक, मेडिकल पर्यटकले ठूलो टेवा पुग्छ । थोरैमा पाँच हजार र धेरैमा १० हजार विद्यार्थी ल्याउन सक्छौँ । पूर्वाधार राम्रो, गुणस्तरीय शिक्षाका कारण यहाँ मेडिकल विद्यार्थी आउने छन् । हाम्रो कोटा सिस्टम छ, त्यो खोलिदिनुपर्छ । हामीले कलेजमा अनलाइन एप्लिकेसन गर्नुपर्छ । टुरिजमबाट नेपालमा हुने रेभिन्यु भनेको गत वर्ष करिव ७५ अर्ब मात्रै हो । हामीले ५ हजार विद्यार्थी ल्याउने हो भने ५० अर्ब ल्याउन सक्छौँ । १० हजार विद्यार्थी ल्याउन सक्छौँ त्यो भनेको १ खर्ब हो ।’

प्रकाशित मिति २०८२ साउन २५ गते शनिबार ०२:४६
हजुरको प्रतिक्रिया