२०८३ साउन २१ गते बिहीबार

तनहुँमा धूमधामले मनाइयो विश्व आदिवासी दिवस

तनहुँमा धूमधामले मनाइयो विश्व आदिवासी दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २५ गते शनिबार ०४:२१

तनहुँ । तनहुँमा ३१ औं विश्व आदिवासी दिवस धूमधामले मनाइएको छ । शनिबार तनहुँका विभिन्न स्थानहरुमा कार्यक्रम गरेर अधिकारको माग गर्दै दिवस मनाइएको छ । आदिवासी, जनजातिसँग सम्बन्धित संघसंस्थाले पालिकास्तरमै विभिन्न कार्यक्रमहरु...

तनहुँ ।

तनहुँमा ३१ औं विश्व आदिवासी दिवस धूमधामले मनाइएको छ ।

शनिबार तनहुँका विभिन्न स्थानहरुमा कार्यक्रम गरेर अधिकारको माग गर्दै दिवस मनाइएको छ ।

आदिवासी, जनजातिसँग सम्बन्धित संघसंस्थाले पालिकास्तरमै विभिन्न कार्यक्रमहरु गरेका छन् ।

अधिकांश स्थानमा बृहत ¥याली र शुभकामना आदान प्रदान कार्यक्रम गरेर दिवस मनाइएको हो ।

आदिवासी जनजातिका कला, संस्कृति, रितीरिवाज र पोशक प्रदर्शनसँग अधिकारको माग गरिएको छ ।

जल र जमिनको संरक्षण गर्नुपर्नेमा उनीहरुको जोड छ ।

प्रत्येक वर्ष अगस्त ९ तारिखमा मनाइने विश्व आदिवासी जनजाति दिवसलाई संयुक्त राष्ट्र संघले सन् १९९३ मा घोषणा गरेपश्चात् विश्वव्यापी रूपमा मनाउन थालिएको हो ।

विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजाती समुदायले विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।

यस वर्षको दिवसमा नेपाल आदिवासी जनजाति महासंघले ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, यूएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने नारा तय गरेको थियो ।

प्रकाशित मिति २०८२ साउन २५ गते शनिबार ०४:२१
हजुरको प्रतिक्रिया