२०८३ असोज २३ गते शुक्रबार

उत्तर कोरियासँग नेपाल ११-० ले पराजित

उत्तर कोरियासँग  नेपाल ११-० ले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २६ गते आइतबार ०३:५६

एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को पराकिलो अन्तरले पराजित भएको छ ।

एसियन कप छनोट अन्तर्गत नेपालको छनोट हुने सम्भावना सकिएको छ

काठमाडौं ।
एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को पराकिलो अन्तरले पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको हो । समूहको सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंक जोडेर समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२० महिला एसियन कपमा छनोट भएको छ । उत्तर कोरिया साविक विजेता समेत हो ।
छनोटमा नेपालको यो पहिलो हार हो र यो हारपछि नेपालको छनोट हुने सम्भावना सकिएको छ । नेपालले ३ खेलबाट ४ अंक जोड्यो । नेपालले पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दा साउदी अरेबियासँग १-० ले विजयी भएको थियो । छनोटमा ८ समूहको विजेता सिधै छनोट हुनेछ भने उपविजेता हुने मध्ये उत्कृष्ट ३ टोली पनि अन्तिम चरणमा छनोट हुने प्रावधान छ । तर ५ वटा समूहमा दोस्रो हुने टिमको यसअघि नै ६ अंक भएकोले नेपालको उत्कृष्ट दोस्रो हुने सम्भावना पनि सकिएको छ । नेपालले भुटान र साउदीलाई हराएर उत्तर कोरियासँग बराबरी खेल्दै छनोट हुने लक्ष्य राखेपनि सफल हुन सकेन ।

प्रकाशित मिति २०८२ साउन २६ गते आइतबार ०३:५६
हजुरको प्रतिक्रिया