२०८३ साउन २१ गते बिहीबार

जलवायु सम्बन्धी मुद्दामा साझा धारणा बनाउनुपर्नेमा सांसदहरुको जोड

जलवायु सम्बन्धी मुद्दामा साझा धारणा बनाउनुपर्नेमा सांसदहरुको जोड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २८ गते मंगलबार ०९:१०

भदौ २ र ३ गते हुने हिन्दुकुश हिमालयन सांसदहरुको सम्मेलनमा यी देशहरुमा जलवायु परिवर्तनले पारेको असर, वातावरण प्रदुषण र जैविक विविधताका विषयमा छलफल हुनेछ ।
सोही सन्र्दभमा समितिले सरोकारवाहरुसंग छलफल गरेको थियो ।

काठमाडौं ।

जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदुषण लगायतका जलवायुसम्बन्धी मुद्दामा नेपालको साझा धारणा हुनुपर्नेमा जोड दिइएको छ ।

सोमबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा भएको हिन्दुकुश हिमालयन सांसदहरुको सम्मेलन सम्बन्धी छलफलमा सहभागीहरुले यसबारे जोड दिएका हुन् ।

भदौ २ र ३ गते हुने हिन्दुकुश हिमालयन सांसदहरुको सम्मेलनमा यी देशहरुमा जलवायु परिवर्तनले पारेको असर, वातावरण प्रदुषण र जैविक विविधताका विषयमा छलफल हुनेछ ।

सोही सन्र्दभमा समितिले सरोकारवाहरुसंग छलफल गरेको थियो ।

छलफलमा समिति सदस्य एवं जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तन र यसका असरका बारेमा विश्व समुुदायमा नेपालले उठाउने आवाज एउटै हुनुपर्नेमा जोड दिए ।

कोप, हिन्दुकुश हिमालयन सांसदहरुको सम्मेलन या अन्य यससम्बन्धी सभा सम्मेलनमा नेपालले दह्रोसंग आफ्ना मुद्दाहरु उठाउन सक्नुपर्ने उनको भनाइ छ ।

उनले नेपालले हालसम्म पनि कार्वन उत्सर्जन सम्बन्धी ऐन कानून बनाउन नसकेको बताए । अरु देशले कार्वन उत्सर्जनबाट पैसा पाईरहेको भएपनि नेपालले उचित रकम पाउन नसकेको उनले उल्लेख गरे ।

उनले भने, ‘मैले बारबार भनेको छु, हाम्रो भ्वाइस् चाहीँ वान विन्डो भोईस हुनुप¥यो । हामीले कुरो राख्दा पनि यहा कोप होस् या यहि संसदीय सम्मेलन होस्, या अरु सेनिनार गोष्टी हुन् । यसमा चाँही हामीले दह्रोसंग हाम्रो आवाज एकै किसिमको गयो भने जुन किसिमबाट हामीले अहिले ड्यामेजको कुरा गरेका छौँ, डाईभरसिटीका कुरा गरेका छौँ । लसको कुरा गरेका छौँ, कार्वन उत्र्सजनका कुरा गरेका छौँ । हरेक देशले त कार्वनबाट त पैसा पाईरहेको छ । हामी त्यसमा कुरो चाँही धेरै गर्छौ । तर अहिलेसम्म पनि यसको टेक्नीकल्ली या यसलाई कसरी हामीले कार्वन उत्सर्जन बाहेक हामीले पाउनुपर्ने एउटा रकमहरु छ त्यो हामीले पाउन सकेका छैैनौँ । त्यसैले कुनै पनि किसिमको ऐन कानून नियम हुनुपर्ने आफ्नो आफ्नो हिसावले भएका चाहीँ छन् तर सरकारले चाँही एक किसिमको ठोेस ऐन कानुन नियम चाहीँ यसमा ल्याउन सकेको छैन ।’

छलफलमा नेकपा (एमाले)की सांसद सरस्वती सुब्बाले हिमाल जोगाउन विशेष ध्यान दिनुुपर्ने बताईन् । हिमाल नजोगाएसम्म तराईको केही पनि नजोगिने उनको भनाई थियो ।

यस्तै उनले पनि जलवायु सम्बन्धी मुद्दामा नेपालले साझा धाराण बनाउनुपर्नेमा जोड दिइन् । छलफलमा सांसद सुब्बाले अब जलवायु सम्बन्धी मुद्धाहरु राजनितिक मुद्धा भएको बताइन् ।

साना देशहरुले कोप लगायतका विश्व सम्मलेनमा आफ्ना कुरा राख्न नसक्ने र शक्तिशाली राष्ट्रहरुले धेरै राख्ने हुँदा उनीहरुको कुराको मात्रै सम्बोधन हुने गरेको उनले बताइन् ।

यसलाई नेपालका राजनितिक दलहरुले पनि छलफलको विषय बनाउनुपर्नेमा उनको जोड छ ।

उनले भनिन्, ‘नेपालको सन्दर्भमा खासगरि हामीले हिन्दकुश हिमालय सांसादहरुको जुुन सम्मेलनको जुन कुरा गरिरहेका छौँ । हाम्रो भाषा एउटैै चाहिन्छ । हामी के गर्दैछौेँ त हिमाल जोगाउन किनभने हिउँ नजोगाएसम्म यो तराईको केही पनि नजोगिने भयो ।’

त्यस्तै नेकपा एमालेकी सांसद बिजुला रायमाझीले हिन्दुकुश हिमालयन सांसदहरुको सम्मेलनमा काठमाडौ घोषणापत्र जारी गर्नुपर्ने बताइन् । जलवायुसम्बन्धी काठमाडौ घोषणा पत्र जारी गर्नुपर्ने उनको माग छ ।
काठमाडौं घोषणा पत्रमा नेपाल कसरी अगाडी जाने, हिमकुश क्षेत्रका राष्ट्रहरु बीचमा कसरी समन्वय गर्ने भन्ने बारेमा उल्लेख गर्नुपर्ने उनको सुझाव छ ।

उनले भनिन्, ‘काठमाडौमा भएको हिन्दुकुश हिमालयन देशहरुको मिट भएको हुनाले तीनबुँदे, पाँच बुँदे, सात बुँदे, यो जुन तीन वटा विशेष विषय कोड गरिएको छ, ती विषय अन्तर्गत रहेर पाँच बुँदे या सात बुँदे केही काठमाडौं घोषणा पत्र तयार गर्नैपर्छ ।’

समितिको बैठकमा जलवायुविज्ञ भूषण तुलाधरले नेपालको तराई क्षेत्रमा हुने वायु प्रदुषण दुई तिहाई भन्दा धेरै भारतबाट आउने गरेको बताए । विश्व बैंकका रिपोर्टले पनि उक्त कुरा भनेको उनले उल्लेख गरे ।

उनले यस क्षेत्रले प्रदुषण शेयर गरेजस्तै यसको समाधान पनि शेयर गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यस क्षेत्रमा हामी पोलुसन शेयर गर्र्छौं, सोलुुसन पनि शेयर गरौँ । तराईमा जतिपनि हावा प्रदुषण हुन्छ, त्यसको करिवकरिव दुई तिहाई चाहीँ पारीबाट(भारत) आउछ भनेर विश्व बैंकको रिपोर्टले देखाएको थियो । हामीले मात्रै प्रदुषण कम गरेर हुँदैन तर हामीले पनि गर्र्नुपर्ने चाहीँ छ ।’

यस क्षेत्रको प्रदुषणको स्रोत र समाधान एउटै भएको उनको भनाइ छ ।

यहाँको आर्थिक, सामाजिक अवस्था पनि मिल्दोजुल्दो रहेकोले प्रदुषण नियन्त्रणका लागि भारतमा विकास भएका प्रविधध, नीति, कानूनलाई नेपालले पनि अवलम्वन गर्न सक्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति २०८२ साउन २८ गते मंगलबार ०९:१०
हजुरको प्रतिक्रिया