काठमाडौं ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रभावकारी कानूनी शासनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय न्याय प्रणालीलाई एकीकृत गर्न जरुरी रहेको बताएका छन् ।
नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय न्याय प्रणाली र अन्तर्राष्ट्रिय न्याय प्रणाली एकआपसमा जोडेर काम काम गर्नुपर्ने आजको आवश्यकता रहेको पनि बताए ।
नेशनल ‘रुल अफ ल’लाई मात्र बढावा दिए देशबाहिर हुने गरेका गतिविधिहरुबारे उपयुक्त धारणा बनाउन नसकिने उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय कानूनी संरचनासँग तालमेल नगरी राष्ट्रिय न्याय प्रणालीले प्रभावकारी काम गर्न नसक्ने बताए ।
उनले भने, ‘हामीले ‘रुल अफ ल’मा धेरै जोड दिएका हुन्छौं । तर रुल अफ ल भनेको नेशनल रुल अफ ल मात्रै होइन । राष्ट्रिय न्याय प्रणाली र अन्तरराष्ट्रिय न्याय प्रणाली एकआपसमा जोडेर काम गर्नुपर्ने हुन्छ । नेशनल रुल अफ लले मात्रै हामी अन्य देशहरुमा भए गरेका कामहरुलाई एकाउन्टेबल बनाउन सक्छौं कि सक्दैन रु भन्ने समस्याहरु आउँछ होला । हाम्रो टेरिटोरी भित्रको नेशलन ल सिस्टमले विदेशमा हुने गरेका काम कारबाहीलाई एकाउन्टेबल नबनाएको हुनसक्छ । हाम्रो राष्ट्रिय न्याय प्रणालीले अन्तरराष्ट्रि न्याय सेवासँग मिल्दोजुल्दो बनाउन हात अगाडि बढाउनुपर्छ । त्यसकारण इन्टरनेशनल ल सिस्टम हाम्रो रुल अफ ल सिस्टमभित्र हरनुपर्छ । ताकि सन्धि सम्झौतादेखि अन्य सहमति र सम्झैताबाट भरपुर लाभ हामीले लिनसक्छौं ।’
अन्तर्राष्ट्रिय समुदायसँग भएका सन्धि सम्झौताबाट लाग लिन समेत अन्तर्राष्ट्रिय कानूनी शासन प्रणाली अवलम्वन गर्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ ।
प्रकाशित मिति २०८२ साउन २८ गते मंगलबार १२:४१




