२०८३ असोज २३ गते शुक्रबार

बंगलादेशकोे दुई मैत्रीपूर्ण फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

बंगलादेशकोे दुई मैत्रीपूर्ण फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २९ गते बुधबार ०९:२५

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले दुई मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

पोखरा ।

बंगलादेशसंगको दुई मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले दुई मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपालले बंगलादेशसँग आगामी सेप्टेम्बर ६ र ९ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मैत्रीपूर्ण खेल खेल्दैछ ।

प्रशिक्षक रसले यसअघि राष्ट्रिय टिमको प्रारम्भिक चरणमा खेलाडी छान्नका लागि खेलाडीहरुलाई ट्रायलमा समेत बोलाएका थिए ।

प्रकाशित मिति २०८२ साउन २९ गते बुधबार ०९:२५
हजुरको प्रतिक्रिया