२०८३ साउन २१ गते बिहीबार

मुक्तिनाथ कृषि कम्पनीको छलाङः खुद नाफामा ३६२ प्रतिशतले बृद्धि, लगानीकर्ता उत्साहित

मुक्तिनाथ कृषि कम्पनीको छलाङः खुद नाफामा ३६२ प्रतिशतले बृद्धि, लगानीकर्ता उत्साहित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २९ गते बुधबार ०९:४१

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले केवल २ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यो विशाल वृद्धिले कम्पनीको कार्यसम्पादन र रणनीतिक सफलतालाई स्पष्ट रूपमा दर्शाएको छ ।
कम्पनीको मुख्य व्यवसायबाट हुने संचालन आम्दानी ६६ करोड ७६ लाखबाट बढेर ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

पोखरा ।

मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट वित्तीय प्रदर्शन गर्दै खुद नाफामा चमत्कारिक वृद्धि हासिल गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३६२.४ प्रतिशतले बढेर १० करोड ५ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले केवल २ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो विशाल वृद्धिले कम्पनीको कार्यसम्पादन र रणनीतिक सफलतालाई स्पष्ट रूपमा दर्शाएको छ ।

कम्पनीको मुख्य व्यवसायबाट हुने संचालन आम्दानी ६६ करोड ७६ लाखबाट बढेर ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले यस अवधिमा लगानी बिक्रीबाट ८ करोड १२ लाख रुपैयाँको उल्लेख्य आम्दानी गरेको छ, जुन नाफा वृद्धिको एक प्रमुख स्रोत बन्यो ।

कम्पनीले आफ्नो संचालन खर्चलाई सफलता पूर्वक घटाएको छ । अघिल्लो वर्ष १५ करोड ४२ लाख रहेको संचालन खर्च यस वर्ष घटेर १३ करोड १९ लाखमा झरेको छ ।

कम्पनीको अन्य आम्दानी पनि ५ लाख ३८ हजारबाट ह्वात्तै बढेर १ करोड ६१ लाख पुगेको छ ।

कम्पनीको नाफामा भएको वृद्धिले लगानीकर्ताका प्रमुख सूचकहरूमा पनि सकारात्मक प्रभाव पारेको छ :

प्रति शेयर आम्दानी (EPS) : कम्पनीको प्रति शेयर आम्दानी ३.११ रुपैयाँबाट बढेर १४.३६ रुपैयाँ पुगेको छ । यसले कम्पनीको नाफा आर्जन क्षमतामा आएको व्यापक सुधारलाई संकेत गर्दछ ।

प्रति शेयर नेटवर्थ : कम्पनीको प्रति शेयर नेटवर्थ पनि ९३.८० रुपैयाँबाट बढेर १०९.०३ रुपैयाँ पुगेको छ, जसले कम्पनीको वित्तीय अवस्था थप मजबुत भएको देखाउँछ ।

७० करोड रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीले आम्दानी बढाउने र खर्च घटाउने सफल रणनीति अपनाउँदा लगानीकर्ताहरूका लागि सुखद नतिजा प्रस्तुत गरेको हो ।

प्रकाशित मिति २०८२ साउन २९ गते बुधबार ०९:४१
हजुरको प्रतिक्रिया