२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २९ गते बुधबार ०२:४७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ । बुधवार काठमाडौंस्थित एक होटलमा अधिवेशन हुने कार्यक्रम थियो । संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच नाराबाजी...

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ ।

बुधवार काठमाडौंस्थित एक होटलमा अधिवेशन हुने कार्यक्रम थियो ।

संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच नाराबाजी हुन थालेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अधिवेशन स्थगित भएको घोषणा गरे ।

अध्यक्ष लिङदेन पनि कार्यक्रममा सहभागी हुन पुगेका थिए तर अधिवेशन हुने स्थिति नबनेपछि घटनाको छानविनपछि मात्रै अधिवेशन हुने घोषणा गरे ।

अधिवेशन हुन नदिने र बाहुबल प्रयोग गर्ने प्रयासलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए ।

उनले भने, ‘अधिवेशन हुन नदिने र बाहुबल कसैले प्रयोग गर्ने प्रयास गर्दछ भने त्यसलाई हामीले टुलुटुलु हेरेर बस्दैनौँ । यो पार्टीको भविष्यसँग हामी सबैको भविष्य गाँसिएको छ । तपाईंहरु यो पार्टीको उत्तराधिकारी हो । कसैको केटा होइन । केही कुरा भन्नु छ भने बन्दसत्रमा छलफल हुन्छ । चित्त नबुझेका कुुरा छलपफल गरेर टुंगो लगाइन्छ । तर गुण्डागर्दी र बाहुबलबाट टुंगो लाग्दैन । शान्तिपूर्ण वातावरण बनाएर अधिवेशन अघि बढाउन अनुरोध गर्दछु । अहिले यही अवस्थामा अधिवेशन बढाउन उचित देखिँदैन । त्यसकारण यो अधिवेशन यहीँ स्थगित हुन्छ । छानविनपछि मात्रै स्थगित हुन्छ ।’

अध्यक्ष लिङदेनले युवाहरु पार्टीको उत्तराधिकारी भएकाले सोही आचरणअनुसार काम गर्न पनि निर्देशन दिए ।

प्रकाशित मिति २०८२ साउन २९ गते बुधबार ०२:४७
हजुरको प्रतिक्रिया