२०८३ साउन २१ गते बिहीबार

एन्फा राष्ट्रिय महिला लिगमा छनोटमा बुटवल लुम्बिनीको संघर्षपूर्ण जित

एन्फा राष्ट्रिय महिला लिगमा छनोटमा बुटवल लुम्बिनीको संघर्षपूर्ण जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३१ गते शुक्रबार ०७:३०

थप गोल हुन सकेन र आरएस रिसोर्ट एन्ड बिचले साँघुरो जित निकाल्यो ।

काठमाडौं ।

बुटवल लुम्बिनी एफसी र आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबल छनोट प्रतियोगितामा सुखद सुरुआत गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको दोस्रो खेलमा बुटवल लुम्बिनीले लम्की फुटबल ट्रेनिङ सेन्टरमाथि १–० को जित निकालेको हो । लुम्बिनीको जितमा करुणा परियारले गरेको गोल नै निर्णायक बन्यो । यससँगै सात टोली रहेको समूह ‘बी’ मा बुटवल लुम्बिनीले पहिलो खेलबाट तीन अंक बटुल्यो ।

यसै समूहमा संकटाले पहिलो खेलमा रौतहटको नेपाल खेलकुद क्लबमाथि १–० ले हराएको थियो । समूहमा शीर्ष दुई स्थानमा रहने टोलीले सीधै महिला लिगमा स्थान बनाउनेछ । तेस्रो हुने टोलीले प्लेअफमार्पmत राष्ट्रिय लिगमा स्थान बनाउने अवसर पाउनेछ ।

यस समूहमा लम्कीसँगै एफसी रिएले हार बेहोरेका छन् । बुटवलले पहिलो हाफमा भने गोल गर्न सकेन । तर, दोस्रो हाफमा बुटवल लुम्बिनीले गोल ग¥यो । ६३औं मिनेटमा करुणाको गोलबाट बुटवलले अग्रता लियो । लम्कीका डिफेन्डरको गल्तीमा करुणाले गोल गरेकी हुन् । लम्कीकी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई करुणाले आठ यार्डबाट नै हेडमार्पmत जाली चुमाएकी हुन् ।

त्यसपछि दुवै तर्पmबाट गोल हुन सकेन र बुटवल लुम्बिनीले महत्वपूर्ण जित निकाल्यो । यस समूह ‘बी’ मा संकटा र बुटवलसँगै एनआरटी, एनबिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल क्लब र नेपाल खेलकुद क्लब छन् ।

शुक्रबार नै भएको अर्को समूह ‘ए’ को खेलमा आरएस रिसोर्ट एन्ड बिचले पनि राप्ती एफसीमाथि १–० को साँघुरो जित निकाल्दै सुखद सुरुआत गरेको छ । आरएस रिसोर्टको जितमा इशा चौधरीले गोल नै निर्णायक बन्यो । यसै समूहमा छहारी युवा क्लबले पनि एक खेलबाट तीन अंक जोडिसकेको छ । समान एक खेलबाट आरएस रिसोर्ट र छहारीको समान तीन अंक छ । यस समूहबाट पनि शीर्ष दुई टोलीले राष्ट्रिय लिगमा स्थान बनाउनेछन् भने तेस्रो स्थाानमा रहने टोलीले प्लेअफमार्पmत अवसर पाउनेछ ।

यो समूहमा चर्च ब्वाइज युनाइटेड, छहारी, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एन्ड बिच र एफसी रिएले छन् । शुक्रबाको पहिलो खेलमा पनि १० खेलाडीमा सीमित भएको राप्तीमाथि आरएस रिसोर्ट एन्ड बिच क्लबले संघर्षपूर्ण जित निकालेको हो ।

खेलको ३८औं मिनेटमा समीक्षा पौडेलले दोहोरो पहेँलो कार्ड खाएपछि राप्ती १० खेलाडीमा सीमित भएको हो । तर, पहिलो हाफमा आरएस रिसोर्टले त्यसको फाइदा लिन सकेन । पहिलो हाफमा गोलरहित बराबरी नै भयो । तर, दोस्रो हाफमा आरएस रिसोर्ट एन्ड बिचले गोल ग¥यो । ५१औं मिनेटमा ईशा चौधरीले गोल गर्दै आरएस रिसोर्ट एन्ड बिचलाई अग्रता दिलाइन् ।

उषा शाहीको उत्कृष्ट थ्रु बललाई सदुपयोग गर्दै इशाले गोल गरेकी हुन् । त्यसपछि थप गोल हुन सकेन र आरएस रिसोर्ट एन्ड बिचले साँघुरो जित निकाल्यो । छनोट प्रतियोगितामा सहभागी कुल १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोबिन पद्धत्तिको प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले राष्ट्रिय महिला लिगमा स्थान पक्का गर्नेछ । समूहका तेस्रो स्थानमा रहने दुई टोलीमध्येको विजेताले पनि छनोट हुनेछ ।

प्रकाशित मिति २०८२ साउन ३१ गते शुक्रबार ०७:३०

हजुरको प्रतिक्रिया