२०८३ असोज २३ गते शुक्रबार

टप इन्ड टी–२० सिरिज : आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै

टप इन्ड टी–२० सिरिज : आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३२ गते शनिबार ०९:२७

दुवै टोली आ–आफ्नो पहिलो खेलमा पराजित भएका थिए ।
नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ए लाई पाकिस्तान शाहीन्सले ७९ रनले हराएको थियो ।
दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।

पोखरा ।

अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा ३ बजेबाट सुरु हुँदैछ ।

दुवै टोली आ–आफ्नो पहिलो खेलमा पराजित भएका थिए ।

नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ए लाई पाकिस्तान शाहीन्सले ७९ रनले हराएको थियो ।

दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् । बंगलादेश ए गत सिजनको उपविजेता टोली हो ।

टोलीमा अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेका र हालैको बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छन् ।

नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् ।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।

नेपालले प्रतियोगिताअन्तर्गत भदौ २ गते मेलबर्न स्टार्ससँग, भदौ ३ गते होबर्ट हुरिकेन्ससँग, भदौ ४ गते मेलबर्न रेनेगड्र्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ ।

अस्ट्रेलियामा टप इन्ड टी–२० शृंखलापछि पनि नेपालले अरू तीन अभ्यास खेल खेल्ने भएको छ ।

नेपालले मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपालले यी दुई प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रकाशित मिति २०८२ साउन ३२ गते शनिबार ०९:२७
हजुरको प्रतिक्रिया