२०८३ असोज २५ गते आइतबार

भारतका विदेश सचिव मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै

भारतका विदेश सचिव मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १ गते आइतबार ०९:१०

आज बिहान ९ बजे भारतीय वायुसेनाको विमानबाट काठमाडौं ओर्लेपछि मिश्रीले समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्नेछन् । त्यसपछि प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ ।

पोखरा ।

भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा आउन लागेका हुन् ।

आज बिहान ९ बजे भारतीय वायुसेनाको विमानबाट काठमाडौं ओर्लेपछि मिश्रीले समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्नेछन् । त्यसपछि प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने उल्लेख छ ।

भारतको विदेश मन्त्रालयले पनि भारत र नेपालबीच बलियो मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै विज्ञप्तिमा नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको उल्लेख गरेको छ ।

मिश्रीको भ्रमणका क्रममा  नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुनेछ ।

प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन भारतीय विदेश सचिव मिश्री आज नेपाल आउन लागेको जनाइएको छ ।

प्रधानमन्त्रीसँगको भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारी छ ।

यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ओलीबीच बिहार राज्यको बोधगया औपचारिक भेटवार्ता गराउने तयारी छ ।

प्रकाशित मिति २०८२ भदौ १ गते आइतबार ०९:१०
हजुरको प्रतिक्रिया