२०८३ साउन २१ गते बिहीबार

विद्युत प्राधिकरणको नाफा घट्योः हितेन्द्र भन्छन्–विद्युत विक्रीमा कमी आयो

विद्युत प्राधिकरणको नाफा घट्योः हितेन्द्र भन्छन्–विद्युत विक्रीमा कमी आयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १ गते आइतबार ०१:११

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नाफा घटाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१र८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो । प्राधिकरणकाअनुसार आ।व। २०८१र८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख भएको छ । २०८०र८१ को तुलनामा...

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले नाफा घटाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१र८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो । प्राधिकरणकाअनुसार आ।व। २०८१र८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख भएको छ ।

२०८०र८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो । २०८०र८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो ।

खासगरी कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हाले यता प्राधिकरणले नाफा बनाइरहेको थियो । तर कुलमानलाई सरकारले बर्खास्त गरेसँगै नाफामा समेत ओरालो आएको तथ्यले देखाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी यनमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत विक्री मूल्यमा कमी,आएका कारणले नाफामा केही कमी देखिएको बताए ।

अहिले नाफामा कमी आएपनि आगामी वर्षमा वृद्धि हुने उनको दाबी छ ।

कार्यकारी निर्देशक शाक्यले भने– ‘विद्युत विक्री बाहेक अन्य स्रोतबाट आर्थिक वर्ष २०८१र८२ को अन्त्यसम्ममा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रहेको थियो । सञ्चालन खर्च ब्याज खर्च लगायत सम्पूर्ण खर्चसहित आ।व। २०८१र८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो ।

आ।व। २०८१र८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख हुन आएको छ । २०८०र८१ को तुलनामा ३७।३२ प्रतिशतले कम हो । गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी यनमा भएको अधिमुल्यन आदि कारणले अडाइ अर्ब नोक्सान भएको छ । डेडिकेटेड तथा नेपाल सरकारसँग बाँकी रहेको बक्यौताको प्रभोनिजिङ गरे वापत साढे ५ अर्ब नोक्सानी भएको छ । प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत विक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको छ । तर जुन आगामी वर्षमा वृद्धि हुने देखिन्छ ।

उनकोअनुसार आर्थिक वर्ष २०८१र८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत प्रणालीमा जडित कुल विद्युत जडित क्षमता ३५९१ पुगेको छ । आव २०८१र८२ मा राष्ट्रिय प्रणालीमा १५ हजार ६ सय ४१ गिगावट घण्टा विद्युत उपलब्ध भएको थियो । जसमा प्राधिकरण तथा सहायक कम्पनीहरुको योगदान ३४ प्रतिशत रहेको थियो । स्वतन्त्र विद्युत उत्पादकहरुको योगदान ५५ प्रतिशत रहेको थियो भने ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको थियो ।

प्राधिकरणकाअनुसार नेपालको आन्तरीक विद्युत खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०।७ प्रतिशतले वृद्धि भई ११ हजार ३ सय १९ गिगावट घण्टा पुगेको थियो । आर्थिक वर्ष २०८१र८२ मा अघिल्लो आवको तुलनामा ४।६ प्रतिशतले वृद्धि भई ५७ करोड १ लाख पुगेको छ । राष्ट्रिय ग्रेड पहुँच करिव ९८ प्रतिशत पुगेको छ भने विद्युत चुहावटमा ०।४७ प्रतिशत कमी आएको छ ।

प्राधिकरणको कुल सम्पती २०८१र८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ । आर्थिक वर्षको २०८१र८२ मा प्राधिकरणको प्रणालीमा कुल ४३४ मेगावट विद्युत उत्पादन क्षमता थप भएको छ । जसमा प्राधिकरण अन्तर्गतका कम्पनीका साहयक कम्पनीहरुको योगदान १५३।५ मेगावाट छ भने २९०।५ मेगावट छ ।

प्रकाशित मिति २०८२ भदौ १ गते आइतबार ०१:११
हजुरको प्रतिक्रिया