२०८३ कात्तिक १० गते सोमबार

गोरखामा बाल यौन दुरुपयोगको आरोपमा एक व्यक्ति पक्राउ

गोरखामा बाल यौन दुरुपयोगको आरोपमा एक व्यक्ति पक्राउ

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ भदौ २ गते सोमबार १०:२५

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आचार्यले आफ्नै घरमा भाडामा बस्ने १५ वर्षीया बालिकामाथि यौन दुरुपयोग गरेको अभियोगमा साउन ३१ गते पक्राउ गरिएको हो ।

गोरखा ।

गोरखा नगरपालिका–७ नयाँबजारका ३९ वर्षीय लक्ष्मण आचार्यलाई बाल यौन दुरुपयोगको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आचार्यले आफ्नै घरमा भाडामा बस्ने १५ वर्षीया बालिकामाथि यौन दुरुपयोग गरेको अभियोगमा साउन ३१ गते पक्राउ गरिएको हो ।

घटनापछि अनुसन्धान अघि बढाउँदै जाँदा प्रहरीले सोही दिन राति करिब १० बजे नयाँबजारस्थित घरबाट आचार्यलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार पक्राउ परेका आचार्यविरुद्ध जिल्ला अदालत गोरखाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति २०८२ भदौ २ गते सोमबार १०:२५
हजुरको प्रतिक्रिया