२०८३ साउन २१ गते बिहीबार

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा पुनः अमृत घिमिरे निर्वाचित

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा पुनः अमृत घिमिरे निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २ गते सोमबार ०३:५०

पोखरा । नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा पुनः अमृत घिमिरे निर्वाचित भएका छन् । पोखरामा सोमवार सम्पन्न दोस्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट घिमिरेको नेतृवमा नयाँ नेतृत्व सर्वसम्वत चयन...

पोखरा ।

नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा पुनः अमृत घिमिरे निर्वाचित भएका छन् । पोखरामा सोमवार सम्पन्न दोस्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट घिमिरेको नेतृवमा नयाँ नेतृत्व सर्वसम्वत चयन भएको हो ।
समितिको उपाध्यक्षमा बालकृष्ण कोइराला, महासचिवमा भिमसेन क्षेत्री (भीम केसी) र कोषाध्यक्षमा लिला मोहन कुइकले चयन भएका छन् । यस्तै सदस्यहरुमा मंगल कुमाल, उमानाथ आचार्य र प्रेमबहादुर घिमिरे चयन भए ।
नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष उमाकान्त शर्माले हेभी ईक्विपमेन्ट चालकको लाइसेन्स खुल्न नसक्दा व्यवसायी समस्यामा परेको बताए । सातै प्रदेशमा यातायात कार्यालय भए पनि लाइसेन्सको परिक्षाका लागि काठमाडौँ धाउनुपरेको उनले गुनासो गरे । सवारीको नामसारी र करका समस्यामा व्यवसायी परेको शर्माको भनाई थियो ।
अध्यक्ष शर्माले व्यवसायलाई माथी उठाउन देशभरका व्यवसायीलाई एकिकृत गरेर सहकार्य गरिने बताए । त्यसका लागि महासंघले आधिकारीक वेभसाइट निर्माण गरिरहेको उनले जानकारी दिए ।
नेपालमा हेभी ईक्विपमेन्टको डिपो संचालन गरिरहेको पोखराको व्यवसायीक घराना अटो वेज प्रालिका संचालक नारायण पैडेलले बजारको माग अनुसारका नयाँ नयाँ इक्विपमेन्टहरु उपलब्ध गराईरहेको बताए । गण्डकी प्रदेशमा ६० प्रतिशत मार्केट अटो वेजले लिएको उनले जानकारी दिए ।

प्रकाशित मिति २०८२ भदौ २ गते सोमबार ०३:५०
हजुरको प्रतिक्रिया