पोखरा ।
अस्ट्रेलियामा जारी टप इण्ड टी–२० शृंखलाको आफ्नो चौथौ खेलमा आज नेपालले होबर्ट हुरिकेन्स्सँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार पाल्र्मस्टनमा बिहान सवा ११ बजे शुरु हुनेछ ।
आफ्नो तेस्रो खेलमा नेपाल हिजो मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
त्यसअघिको दोस्रो खेलमा नेपाल बंगलादेश ‘ए’सँग २९ रनले पराजित भएको थियो भने पहिलो खेलमा आयोजक नर्थन टेरिटोरी एनटी स्ट्राइक्ससंग ४२ रनले पराजित भएको थियो ।
प्रतियोगीतामा नेपालले अहिलेसम्म खेलेका तीन वटै खेलमा लगातार हार बेहोरेको छ ।
त्यस्तै नेपालले भोली बुधबार मेलवर्न रेनेगेड्स र आगामी शुक्रबार पाकिस्तान ए सँग खेल्ने तालिका छ ।
प्रतियोगितामा ११ वटा टोली छन् । प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशको ए टिम, शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कोमेट्स र एनटी स्ट्राइक सहभागी छन् ।
सहभागी हरेक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन् । यी खेलपछि शीर्ष चार स्थानमा हुने टिम सेमिफाइनलमा खेल्ने छन् ।
अस्ट्रेलियामा टप इन्ड टी–२० शृंखलापछि नेपालले अभ्यास खेल पनि खेल्नेछ ।
आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपालले टप एन्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो ।
प्रकाशित मिति २०८२ भदौ ३ गते मंगलबार ०९:५५




