२०८३ साउन २१ गते बिहीबार

साफ यू–१७ महिला च्याम्पियनसिप : पहिलो खेलमा नेपालले भारतसँग खेल्दै

साफ यू–१७ महिला च्याम्पियनसिप : पहिलो खेलमा नेपालले भारतसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ४ गते बुधबार ०९:२४

डबल राउण्ड–रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

पोखरा ।

साफ यू–१७ महिला च्याम्पियनसिप आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ ।

नेपालले पहिलो खेल भारतसँग खेल्दै छ । खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे सुरु हुने छ ।

प्रतियोगिताअघि मंगलबार आयोजित पत्रकार सम्मेलानमा नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले टोली प्रतियोगिताका लागि तयार रहेको बताएका छन् ।

प्रशिक्षक श्रेष्ठले भारत बलियो टोली भए पनि नेपाल जित निकाल्न सक्षम रहेको बताए ।

यसैगरी नेपालकी कप्तान भूमिका बृढाथोकीले पनि सन्तुलित टिम भएकाले जित्नकै लागि मैदान उत्रिने बताएकी छिन् ।

१५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान सहभागी छन् ।

डबल राउण्ड–रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले आफ्नो दोस्रो खेलमा भदौ ६ गते भुटान र ८ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो राउण्डमा बंगलादेशसँग साउन ११ र भारतविरूद्ध १३ गते प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो अन्तिम खेलमा १५ गते घरेलु टोली भुटानको सानमा गर्ने तालिका छ ।

साफ यू–१७ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीमा झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ छन् ।

त्यस्तै टोलीमा अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल छन् ।

आजै हुने अर्को खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति २०८२ भदौ ४ गते बुधबार ०९:२४
हजुरको प्रतिक्रिया