काठमाडौं ।
संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
बैठक संघीय संसद भवनमा दिउँसो १ बजेबाट शुरु हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ ।
त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् ।
त्यसैगरि मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।
प्रकाशित मिति २०८२ भदौ ४ गते बुधबार ०९:३९