२०८३ साउन २१ गते बिहीबार

पूर्वी चितवनमा सञ्चालनमा आयो नेपाल फर्निचरको नयाँ शाखा

पूर्वी चितवनमा सञ्चालनमा आयो नेपाल फर्निचरको नयाँ शाखा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ४ गते बुधबार १०:०२

निकट भविष्यमा नै धनगढी र इटहरीमा समेत यसको शाखा विस्तारको तयारी गरिएको फर्निचरका सञ्चालक सुजन अधिकारीले बताए ।
आफ्नै फ्याक्ट्रीमा स्वदेशी काठ प्रयोग गरेर स्वदेशी कामदारले उत्पादन गरेका फर्निचर बलियो र टिकाउ रहेको अधिकारीले बताए ।

पोखरा ।

नेपाल फर्निचरको नयाँ शाखा पूर्वी चितवनमा सञ्चालनमा आएको छ ।

टाँडी र पर्सा बजारको बिच भाग तरकारी चोकमा सञ्चालनमा ल्याइएको शाखाको मंगलबार पत्रकार तथा फर्निचरको ब्राण्ड एम्बेडरसमेत रहेका अपिल त्रिपाठीले उद्घाटन गरे ।

फर्निचरको उद्घाटन गर्दै त्रिपाठीले फर्निचरले अहिलेसम्म गुणस्तरमा कुनै सम्झौता नगरेको भन्दै आगामी दिनमा पनि यसको विश्वसनियतालाई कायम राख्न अनुरोध गरे ।

नेपाल फर्निचरको काठमाडौं मुख्य कार्यालय र बुटवल, पोखरा, भरतपुरमा शाखा सञ्चालनमा छन् ।

निकट भविष्यमा नै धनगढी र इटहरीमा समेत यसको शाखा विस्तारको तयारी गरिएको फर्निचरका सञ्चालक सुजन अधिकारीले बताए ।

आफ्नै फ्याक्ट्रीमा स्वदेशी काठ प्रयोग गरेर स्वदेशी कामदारले उत्पादन गरेका फर्निचर बलियो र टिकाउ रहेको अधिकारीले बताए ।

ढुक्क बर्षौ बर्षलाई स्वलोगनका साथ स्थापित नेपाल फर्निचर सन्तुष्टि र विश्वासका कारण यहाँसम्म आएको उनको भनाइ छ ।

फर्निचरले स्वरुम शुभारम्भको अवसर पारेर २५ प्रतिशत छुटको पनि घोषणा गरेको छ ।

सोही अवसरमा हेटौडादेखि नवलपरासी सम्मका ग्राहकलाई फ्रि डेलिभरीको व्यवस्था गरिएको छ ।

फर्निचरको देशभर पाँच करोड लगानी र ६० जना बढीलाई रोजगारी समेत सृजना गरेको जनाएको छ ।

प्रकाशित मिति २०८२ भदौ ४ गते बुधबार १०:०२
हजुरको प्रतिक्रिया