२०८३ कात्तिक १० गते सोमबार

पाेखराकाे नदिपुरमा जमिन भासियाे, ३ घर जाेखिममा

पाेखराकाे नदिपुरमा जमिन भासियाे, ३ घर जाेखिममा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १७ गते बिहीबार ०९:४४

पोखरा नदिपुरमा जमिन भासिएको छ । बुधबारकाे अविरल वर्षापछि नदिपुरमामा जमिन भासिदाँ तीन वटा घरमा क्षती पुगेको छ । देउ वहादुर पुन , छवि बहादुर पुन र बल बहादुर पुनको घरमा क्षती पुगेको छ भने सडकको बिचसम्म जमिन चर्किएको छ ।   पोखरामा...

ठुलाे पानी पर्याे कि भासिन्छ पाेखरा

पोखरा नदिपुरमा जमिन भासिएको छ । बुधबारकाे अविरल वर्षापछि नदिपुरमामा जमिन भासिदाँ तीन वटा घरमा क्षती पुगेको छ ।

देउ वहादुर पुन , छवि बहादुर पुन र बल बहादुर पुनको घरमा क्षती पुगेको छ भने सडकको बिचसम्म जमिन चर्किएको छ ।

 

पोखरामा बुधवार साँझदेखी भीषण वर्षा भएको थियो । गतसाता मात्रै अविरल वर्षापछि पोखराको महेन्द्रपुलमा जमिन भासिएको थियो ।

पोखराका नदीपुर, बाटुलेचौर, लामाचौर, चिप्लेढुंगा, गैह्रापाटन, न्युरोड, छोरेपाटन, विन्ध्यवासिनी लगायत क्षेत्र कमजोर रहेकोका कारण जमिन भासिने गरेको भुगर्भविद्हरु बताउँछन् ।

प्रकाशित मिति २०७८ भदौ १७ गते बिहीबार ०९:४४
हजुरको प्रतिक्रिया