२०८३ साउन २१ गते बिहीबार

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपालले आज घरेलु टोली भुटानसंग खेल्दै

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपालले आज घरेलु टोली भुटानसंग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ६ गते शुक्रबार १०:०४

सहभागी चार टोलीमध्ये भुटान तुलनात्मक रुपमा कमजोर टोली मान्ने गरिए पनि नेपालका लागि भने भुटान सहज प्रतिद्वन्द्वी होइन ।
पछिल्ला पाँच भेटमा नेपालले समान दुई जित र बराबरी खेल्दा एक खेलमा हार बेहोरेको छ ।

पोखरा ।

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भुटानसंग खेल्दैछ ।

खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशलामा नेपाली समयअनुसार साँझ पौने ६ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो । भुटानले आफ्नो पहिलो खेलमा बलियो टोली बंगलादेशविरुद्ध उत्कृष्ट खेल खेलेको थियो ।

सहभागी चार टोलीमध्ये भुटान तुलनात्मक रुपमा कमजोर टोली मान्ने गरिए पनि नेपालका लागि भने भुटान सहज प्रतिद्वन्द्वी होइन ।

पछिल्ला पाँच भेटमा नेपालले समान दुई जित र बराबरी खेल्दा एक खेलमा हार बेहोरेको छ । चाङ्लिमिथाङ रंगशालामा नेपाल र भुटान तेस्रो पटक खेल्दैछन् ।

यसपनि नेपालले आउँदो आइतबार र भदौ ११ गते सोमबार बंगलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने छ ।

प्रतियोगितामा नेपाल, भूटान, भारत र बंगलादेश सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
प्रतियोगिता आउँदो अगस्ट ३१ तारिखसम्म चल्ने छ ।

 

प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार १०:०४
हजुरको प्रतिक्रिया