२०८३ कात्तिक १० गते सोमबार

गण्डकीमा पनि खुल्यो लाइसेन्स ( के को ट्रायल कति गते ? हेर्नुहाेस् )

गण्डकीमा पनि खुल्यो लाइसेन्स ( के को ट्रायल कति गते ? हेर्नुहाेस् )

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १८ गते शुक्रबार ०१:५६

गण्डकीमा कोभिडका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ। यहि भदाै २५ गतेदेखि यसअघि बायाेमेट्रिक गरिसकेका सेवाग्राहीहरुका लागि लिखित परिक्षा सञ्चालन हुने भएकाे छ भने यसअघि लिखित...

भदाै २५ देखि लिखित र २७ देखि ट्रायल खुल्यो

गण्डकीमा कोभिडका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ। यहि भदाै २५ गतेदेखि यसअघि बायाेमेट्रिक गरिसकेका सेवाग्राहीहरुका लागि लिखित परिक्षा सञ्चालन हुने भएकाे छ भने यसअघि लिखित परिक्षा पास गरेका सेवाग्राहीहरुले २७ गतेदेखि प्रयाेगात्मक परिक्षा ( ट्रायल ) दिन पाउने भएका छन् ।

स्कुटर, माेटरसाइकल तथा कार, जीप एवम् डेलिभरी भ्यानका परिक्षार्थीहरुको लिखित परिक्षासम्वन्धी सूचना

यातायात व्यवस्था कार्यालय सवारीका निमित्त प्रमुख भरतराज काफ्लेका अनुसार हाललाई पुरानै मापदण्ड अनुसार परिक्षा हुने भएकाे छ । तर सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्नुपर्नेछ । काेभिड महामारीकाे जाेखिम कायमै रहेकोले परिक्षा २ सिफ्टमा सञ्चालन गरिने काफ्लेले बताएका छन् ।

भदाै २७, २८ र २९ गते ट्याक्टर, पावरट्रेलर, बस, ट्रक र लरीको प्रयाेगात्मक परिक्षा हुनेछ । यस्तै, ३० र ३१ गते मिनि बस, मिनि ट्रकको ट्रायल हुने कार्यालयद्वारा प्रकासित सूचनामा उल्लेख छ ।

हेर्नुहाेस् के को ट‍्रायल कहिले ?

 

 

प्रकाशित मिति २०७८ भदौ १८ गते शुक्रबार ०१:५६
हजुरको प्रतिक्रिया