२०८३ साउन २१ गते बिहीबार

टप इन्ड टी–२० शृङ्खलामा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित

टप इन्ड टी–२० शृङ्खलामा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ६ गते शुक्रबार ०८:०३

आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।

काठमाडौं ।

अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ ।

पाकिस्तान शाहीन्सले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रनमात्र बनाउन सक्यो । नेपालका कप्तान रोहित पौडेलले ५२, दीपेन्द्रसिंह ऐरीले ४१ रन बनाए । पाकिस्तान शाहीन्सका मोहम्मद वसिम र फैसल अकरमले २/२ विकेट लिए ।

डार्विनमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनायो । पाकिस्तान शाहीन्सका इरफान खानले नटआउट ४२ रन बनाए । नेपालका सोमपाल कामीले ३, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २/२ तथा कुशल भुर्तेलले १ विकेट लिए ।

यो सँगै नेपालले टप इन्ड टी–२० शृङ्खलामा ४ खेलमा हार र २ खेलमा जीत निकालेको छ । शृङ्खलामा शुरूका लगातार ३ खेलमा हारेको नेपालले चौथो र पाँचौं खेल जितेको थियो ।

नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो । यस्तै नेपालले चौथो खेलमा होबर्ट हरिकेन्स र पाँचौं खेलमा मेलबर्न रेनेगेड्सलाई हराएको थियो । अब नेपालले अस्ट्रेलियामै अभ्यास खेल पनि खेल्नेछ ।

आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।

प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०८:०३
हजुरको प्रतिक्रिया