२०८३ असोज २३ गते शुक्रबार

भारतको गुवाहाटीमा नेपाल ए र आसाम स्टेट टिमबीच टी–२० सिरिज हुने

भारतको गुवाहाटीमा नेपाल ए र आसाम स्टेट टिमबीच टी–२० सिरिज हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ७ गते शनिबार ०८:०८

यस सिरिजलाई नेपाली युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने राम्रो अवसरका रूपमा लिइएको छ ।

काठमाडौं ।

भारतको गुवाहाटीमा भदौ १० देखि १८ सम्म नेपाल ए र आसाम स्टेट टिमबीच पाँच खेलको टी–२० सिरिज हुने भएको छ ।

यस सिरिजका लागि नेपाल ए राष्ट्रिय टोलीको घोषणा गरिएको छ । घोषित टोलीको कप्तानी विकेटकिपर ब्याटर अनिल साहले गर्नेछन् ।

राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अनिललाई नेपाल ए को कप्तान चयन गरिएको हो । यसपटकको टोलीमा १६ खेलाडी समावेश गरिएको छ। टोलीमा अर्जुन घर्ती, सुभ कन्साकर, तृत राज दास, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेक कुमार यादव, पवन सराफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरि, मोहम्मद आदील आलम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाल रहेका छन् ।

यस सिरिजलाई नेपाली युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने राम्रो अवसरका रूपमा लिइएको छ ।

प्रकाशित मिति २०८२ भदौ ७ गते शनिबार ०८:०८
हजुरको प्रतिक्रिया