पोखरा ।
भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो तेश्रो खेलमा बंगलादेशसँग खेल्दैछ ।
खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।
यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
नेपाल र बंगलादेशले हालसम्म समान २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेका छन् ।
नेपाल भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ गोलअन्तरले हरायो थियो ।
बंगलादेशले भुटानलाई पहिलो खेलमा ३–१ ले हराउँदा भारतसँग २–० ले पराजित भयो ।
हाल भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भएपनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छ ।
यसपछि नेपालले आउँदो आगामी बधुबार बंगलादेशसँग, शुक्रबार भारतसँग र भदौ १५ गते आइतबार भूटानसँग खेल्ने तालिका छ ।
प्रतियोगितामा नेपाल, भूटान, भारत र बंगलादेश मात्रै सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
प्रकाशित मिति २०८२ भदौ ८ गते आइतबार ०९:०२




