२०८३ साउन २१ गते बिहीबार

पोखरा ग्रेट ट्रेलमा ४०० फलफूलका बृक्षारोपण

पोखरा ग्रेट ट्रेलमा ४०० फलफूलका बृक्षारोपण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ८ गते आइतबार ०१:४३

पोखरा । पोखरा ग्रेट ट्रेलको दायँ बायाँ बृक्षारोपण गरिएको छ । पोखरा महानगरपालिका वडानम्बर ११ फूलबारी–मणिपाल काँहु धरहरा सिँढी मार्गलाई (पोखरा ग्रेट ट्रेल) नामाकरण गरिएको छ । उक्त ट्रेल निर्माणको क्रममा रहेको बेला बृक्षारोपण गरिएको...

८० लाख बजेटमा निर्माण कार्य अघि बढ्दै

पोखरा ।

पोखरा ग्रेट ट्रेलको दायँ बायाँ बृक्षारोपण गरिएको छ । पोखरा महानगरपालिका वडानम्बर ११ फूलबारी–मणिपाल काँहु धरहरा सिँढी मार्गलाई (पोखरा ग्रेट ट्रेल) नामाकरण गरिएको छ । उक्त ट्रेल निर्माणको क्रममा रहेको बेला बृक्षारोपण गरिएको हो । बजार क्षेत्रबाट नजिक रहेको उक्त ट्रेलमा करिब ४ हजार ५ सय सिँढीहरू रहनेछन् ।
सो ट्रेलको दायाँबायाँ करिब ४०० फलफूलका बिरुवा रोपिएको छ । पोखरा महानगरपालिकाका विभिन्न स्थानामा २ लाख २६ हजार बिरुवा लगाउने महानगरको योजना छ । मेगा अभियान अन्तरगत आइतबार सो क्षेत्रमा आरु, आरुबखडा, एभोगाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाश लगायतका बिरुवाहरू लगाइएको हो ।
बृक्षारोपणमा जनप्रतिनिधि, स्थानीय एवं सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
नगर प्रमुख धनराज आचार्यका अनुसार चालु आवमा ग्रेट ट्रेल निर्माण गर्नका लागि पोखरा महानगरपालिकाले ८० लाख रुपैयाँ विनियोजन गरेको छ । पोखराको मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको उक्त ट्रेल पर्यटकीय दृष्टिकोणले समेत निकै महत्त्वपूर्ण र आकर्षक मानिएको छ ।
पर्यटकीय राजधानी पोखरामा बिहान र साँझको समयमा हिँड्न रमाउनेहरूका लागि यो एक उपयुक्त थलोका रूपमा विकास हुने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति २०८२ भदौ ८ गते आइतबार ०१:४३
हजुरको प्रतिक्रिया