२०८३ कात्तिक १० गते सोमबार

पोखरामा बस दुर्घटनामा हुँदा २३ घाइते

पोखरामा बस दुर्घटनामा हुँदा २३ घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ९ गते सोमबार ०२:२५

पोखरा । पोखरा महानगरपालिका–१३ मा बस दुर्घटना भएको छ । कसेरीबाट महेन्द्रपुलतर्फ आउँदै गरेको ग १ ख ४०२७ नम्बरको बस ब्रेक फ्रेल भएर दुर्घटनामा परेको हो । दुर्घटनामा २३ जना घाइते भएका छन् भने उनीहरू सबैलाई तत्कालै पोखरा स्वास्थ्य...

पोखरा ।

पोखरा महानगरपालिका–१३ मा बस दुर्घटना भएको छ ।

कसेरीबाट महेन्द्रपुलतर्फ आउँदै गरेको ग १ ख ४०२७ नम्बरको बस ब्रेक फ्रेल भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा २३ जना घाइते भएका छन् भने उनीहरू सबैलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएइको थियो । जसमध्ये सामान्य घाइते १२ जना प्राथमिक उपचारपछि डिस्चार्ज भइसकेका छन् भने १० जनाको उपचार भइरहेको छ ।

स्थानीयका अनुसार वडाध्यक्ष बरालले तत्कालै स्वास्थ्य संस्थामा उपचारका लागि पुर्‍याउन नेतृत्व लिँदा ठूलो क्षति हुन पाएन ।

बस अनियन्त्रित भएर दुर्घटना भएको र ४ जनाको अवस्था मध्यम रहेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ भदौ ९ गते सोमबार ०२:२५
हजुरको प्रतिक्रिया