२०८३ असोज २४ गते शनिबार

पोखरीमा डुबेर पुरुषको मृत्यु

पोखरीमा डुबेर पुरुषको मृत्यु

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ भदौ ११ गते बुधबार ०१:२५

गोरखा, भदौ ११ । गोरखाको पालुङटार नगरपालिका–७, खत्रीटार पिप्लेखोल्सीमा मंगलबार पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब १ बजेतिर सिचाइँ प्रयोजनका लागि निर्माण गरिएको बाँधबाट बनेको पोखरीमा कटहरेपाटा बस्ने ५४...

गोरखा, भदौ ११ ।

गोरखाको पालुङटार नगरपालिका–७, खत्रीटार पिप्लेखोल्सीमा मंगलबार पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो करिब १ बजेतिर सिचाइँ प्रयोजनका लागि निर्माण गरिएको बाँधबाट बनेको पोखरीमा कटहरेपाटा बस्ने ५४ वर्षीय काली बहादुर बराम डुबेका हुन् । उनी बाटोमा हिँड्ने क्रममा चिप्लिएर पोखरीमा खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट टोली खटिएर बरामलाई मृत अवस्थामा फेला पारी उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।

मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ भदौ ११ गते बुधबार ०१:२५
हजुरको प्रतिक्रिया