२०८३ साउन २१ गते बिहीबार

काठमाडौ महानगरविरूद्ध कवाड व्यवसायी आज पनि आन्दोलित

काठमाडौ महानगरविरूद्ध कवाड व्यवसायी आज पनि आन्दोलित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ११ गते बुधबार ०३:३९

काठमाडौ । कवाड व्यवसायीहरुले काठमाडौं महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । कवाड व्यवसायी सङ्घर्ष समिति नेपालको आह्वानमा कवाड व्यवसायीहरुले बुधवार पनि विरोध जनाएका हुन् । भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरु जुलुससहित...

काठमाडौ ।
कवाड व्यवसायीहरुले काठमाडौं महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
कवाड व्यवसायी सङ्घर्ष समिति नेपालको आह्वानमा कवाड व्यवसायीहरुले बुधवार पनि विरोध जनाएका हुन् ।
भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरु जुलुससहित कमलादीस्थित काठमाडौं महानगरपालिका कार्यालय घेराउमा गरेका हुन् ।
उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कवाड व्यवसायीमाथि गुण्डागर्दी गर्नुभएको आरोप लगाउँदै मेयर साह विरुद्धको प्रदर्शन लेखिएको व्यानर बोकेर भृकुटीमण्डपमादेखि कमलादीसम्म ¥याली गरेका छन् ।
महानगरले दुई वर्षदेखि कवाड व्यवसायी र सङ्कलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको उनीहरुको आरोप छ ।
उनीहरूले महानगरद्वारा गरिएको कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।
मजदुरहरूले ‘कवाड व्यवसायीको श्रमको सम्मान गर’, ‘अन्यायपूर्ण कार्य तुरुन्त बन्द गर’, ‘अदालतको निर्णयलाई सम्मान गर’, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर विरोध गरेका थिए । व्यवसायीहरुले सोमबार पनि महानगरको कार्यलय घेराउ गरेका थिए ।

 

प्रकाशित मिति २०८२ भदौ ११ गते बुधबार ०३:३९
हजुरको प्रतिक्रिया