२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय सभाको बैठक  बस्दै

राष्ट्रिय सभाको बैठक  बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १३ गते शुक्रबार ०९:१८

बैठकको सुरुवात अर्थ मन्त्रालयसंग सम्बन्धित अर्थमन्त्री विष्णु पोडेलसँग मौखिक प्रश्नोत्तरबाट हुने संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका अनुसार अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नहरूको जवाफ दिनेछन् ।

काठमाडौं ।

राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

बैठकको सुरुवात अर्थ मन्त्रालयसंग सम्बन्धित अर्थमन्त्री विष्णु पोडेलसँग मौखिक प्रश्नोत्तरबाट हुने संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नहरूको जवाफ दिनेछन् ।

त्यसपछि विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ ।

यस्तै राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ सम्बन्धी सन्देश टेबुल गर्नेछन् ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने

प्रस्ताव पनि पेश गर्ने सम्भावित कार्यसूचीमा छ ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

 

प्रकाशित मिति २०८२ भदौ १३ गते शुक्रबार ०९:१८
हजुरको प्रतिक्रिया