२०८३ साउन २१ गते बिहीबार

अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने मन्त्री न्यौपानेको घोषणा

अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने मन्त्री न्यौपानेको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १३ गते शुक्रबार ०९:५४

उनका अनुसार आजबाट देशभरीका गाउँपालिका र नगरपालिकालाई निमित्त विहिन बनाइएको छ ।
सुशासनको मुख्य औजार कर्मचारी प्रशासन भएकाले यसलाई निरन्तर सुधार र परिमार्जन गर्ने काममा आफू लागिरहेको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गरेकी छिन्

निमित्तको भरमा सञ्चालन भइरहेका देशभरका दुईसय पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको जानकारी दिंदै उनले यो घोषणा गरेकी हुन् ।

उनका अनुसार आजबाट देशभरीका गाउँपालिका र नगरपालिकालाई निमित्त विहिन बनाइएको छ ।

सुशासनको मुख्य औजार कर्मचारी प्रशासन भएकाले यसलाई निरन्तर सुधार र परिमार्जन गर्ने काममा आफू लागिरहेको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

आफू मन्त्री बन्दै गर्दा सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने भनेर गरेको घोषणा कार्यान्वयन गरिएको उनको भनाइ छ ।

वास्तवमा पालिकाका प्रमुख तथा जनप्रधिनिधिहरुले नै आफुहरुलाई निमित्त नभई पूर्ण जिम्मेवारीको प्रमुख प्रशासकीय अधिकृत दिनुपर्यो भनेर माग गर्नुपर्ने र कैयन प्रमुखहरुले माग परेको उनले जानकारी दिइन् ।

यसका साथै उनले अभियानमा खट्ने मन्त्रालयका सचीव सहित सम्पूर्ण टीम, र सचिवालयका सबैलाई धन्यवाद दिएकी छिन् ।

जिम्मेवारीमा खटिएका कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी उच्च दक्षता र इमानदारीसाथ निर्वाह गर्न पनि उनले आग्रह गरेकी छिन् ।

त्यसैगरी पालिका प्रमुख तथा जनप्रतिनिधिहरुलाई पनि जिम्मेवारी लिएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न र उनीहरुको क्षमताको भरमग्दुर उपयोग गर्न मन्त्री न्यौपानले आग्रह गरेकी छिन् ।

अब अर्काे चरणमा उपमहानगर तथा महानगरपालिकाहरुलाई निमित्त विहिन बनाइने पनि उनले फेसबुकमार्फत जानकारी गराएकी छन् ।

आम जनताको हितमा राखेर यो निर्णय गरेको र यस्ता काममा सबैको साथ, सहयोग र सुझावको उनले अपेक्षा गरेकी छिन् ।

साथै उनले जिम्मेवारी पाउने कर्मचारीहरुलाई बधाई पनि दिएकी छिन् ।

प्रकाशित मिति २०८२ भदौ १३ गते शुक्रबार ०९:५४
हजुरको प्रतिक्रिया