२०८३ साउन २१ गते बिहीबार

सुनको मूल्य अहिलेसम्मकै उच्च, आज तोलाको दुई लाख ६ सय रुपैयाँमा कारोबार हुँदै

सुनको मूल्य अहिलेसम्मकै उच्च, आज तोलाको दुई लाख ६ सय रुपैयाँमा कारोबार हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १३ गते शुक्रबार ११:०७

सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको छ ।
सुनको भाउ आज तोलाको दुई लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पोखरा ।

नेपाली बजारमा आज सुनको मूल्यले कीर्तिमान बनाएको छ ।

सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको छ ।

सुनको भाउ आज तोलाको दुई लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ एक लाख ९९ हजार चार सय रुपैयाँ कायम भइ कीर्तिमान बनाएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदीको भाउ दुई हजार तीन सय ५५ रुपैयाँ थियो ।

प्रकाशित मिति २०८२ भदौ १३ गते शुक्रबार ११:०७
हजुरको प्रतिक्रिया