२०८३ असोज २३ गते शुक्रबार

बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १३ गते शुक्रबार ०८:१५

फिफा वरीयतामा नेपाल १७६औं र बङ्गलादेश १८४औं स्थानमा छन् ।

काठमाडाै‌ ।

बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक म्याट रोसले किरण चेम्जोङको कप्तानीमा २ खेलको मैत्रीपूर्ण फुटबलका लागि आज २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपालले बङ्गलादेशसँग घरेलु मैदान दशरथ रङ्गशालामा यही भदौ २१ र २४ गते मैत्रीपूर्ण फुटबल खेल्दैछ । दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत हुने लागेको हो ।

फिफा वरीयतामा नेपाल १७६औं र बङ्गलादेश १८४औं स्थानमा छन् । यो मैत्रीपूर्ण फुटबल नेपालका लागि एएफसी एशियाली कप छनोटको तयारीका लागि महत्त्वपूर्ण हुनेछ ।

एशियाली कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपालसँगै मलेशिया, लाओस र भियतनाम छन् ।

नेपालले अहिलेसम्म २ खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । एशियाली छनोटमा नेपालले आउँदो अक्टोबर ९ मा भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ ।

प्रकाशित मिति २०८२ भदौ १३ गते शुक्रबार ०८:१५
हजुरको प्रतिक्रिया