२०८३ साउन २१ गते बिहीबार

अशाेक दर्जीले गाए हिन्दी गीत, रिलिज नहुँदै ट्रेन्डिङ्गमा भिडियाे

अशाेक दर्जीले गाए हिन्दी गीत, रिलिज नहुँदै ट्रेन्डिङ्गमा भिडियाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १९ गते शनिबार ०९:०६

पाेखरा । 'मन बिनाको धन ठुलो कि धन बिनाकाे मन' बाेलकाे गीतबाट चर्चामा रहेका बाल गायक अशोक दर्जीले हालै एक हिन्दी गीतमा स्वर दिएका छन् । टंक बुढाथोकीको संगीतमा तयार याे गीत अहिले युटुबकाे ट्रेन्डिङमा रहेकाे छ ।  ‘माँ’ बोलको गीतका शब्द...

पाेखरा । ‘मन बिनाको धन ठुलो कि धन बिनाकाे मन’ बाेलकाे गीतबाट चर्चामा रहेका बाल गायक अशोक दर्जीले हालै एक हिन्दी गीतमा स्वर दिएका छन् । टंक बुढाथोकीको संगीतमा तयार याे गीत अहिले युटुबकाे ट्रेन्डिङमा रहेकाे छ । 

‘माँ’ बोलको गीतका शब्द समिर खानले लेखेका हुन् । डिआर सुजनको कथा र निर्देशन रहेको भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल, जोनिश अधिकारी, जुलन अधिकारी र अशोक निरौलाको अभिनय छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका छन् ।

भिडियाे दर्शकले रूचाएका छन् । याे समाचार तयार पार्दासम्म युटुबमा २ लाख ३६ हजारपटकभन्दा धेरै याे भिडियाे हेरिएकाे छ ।

झापा घर भएका अशोक संगीतकार बुढाथोकीको रोहवरमा राजधानीमा पढ्दै पनि छन् ।

हेर्नुहाेस् भिडियाे

 

प्रकाशित मिति २०७८ भदौ १९ गते शनिबार ०९:०६
हजुरको प्रतिक्रिया