पोखरा ।
भारत भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज आसाम क्रिकेट एसोसिएसनसँग चौथो टी–२० खेल्दैछ ।
नेपाल ए र असमबीचको खेल असम क्रिकेट एसोसिएसन एसीए स्टेडियम गुवाहटीमा साँझ ५ बजे सुरु हुनेछ ।
चौथो खेल पनि डे–नाइट मोडलमा हुँदैछ । पाँच खेलको टी–२० खेलमा नेपालले २–१ अंकको अग्रता लिएको छ ।
पहिलो खेलमा पराजित भएको नेपाल एले त्यसपछिका दुई खेलमा लगातार जित निकालेको हो ।
भारतको आसाम क्रिकेट टोलीसँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपालको ‘ए’ टोली ९६ रनले विजयी भएको थियो ।
त्यस्तै शनिबार भएको तेस्रो खेलमा नेपाल एले ९ रनको जित निकाल्यो ।
नेपालले दिएको १९७ रनको बलियो लक्ष्य पछ्याएको आसाम २० ओभरमा १८७ रनमा अलआउट भएको थियो ।
आसामका निहार डेकाले सर्वाधिक ४० रन बनाए । कप्तान सुमित घडिअन्करले ३६, अब्दुल कुरेशीले अविजित ३१ तथा साहिल जेनले २४ रन बनाए ।
नेपालका आकाश चन्द, बसिर अहमद, कमलसिंह ऐरी र विवेक कुमार यादवले २–२ विकेट लिँदा मोहमद आदिल आलमले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो ।
नेपाल ए का लागि सन्दीप जोराले सर्वाधिक ७४ रन बनाए । आदिलले १४ बलमा विस्फोटक ३५ रन बनाए ।
आसामका आकाश सेनगुप्ताले २ विकेट लिए । मृन्मय दत्ता, अभिनव चौधरी र शिवशंकर रोयले १–१ विकेट लिए ।
अब नेपाल एले भोलि अन्तिम खेल पनि डे–नाइट मोडलमै खेल्ने नेपाल क्रिकेट एसोसिएसन क्यानले जनाएको छ ।
प्रकाशित मिति २०८२ भदौ १५ गते आइतबार ०९:१३




