२०८३ साउन २१ गते बिहीबार

मालती मंगलेको शुभसाइत, तनहुँमा छायांकन हुँदै

मालती मंगलेको शुभसाइत, तनहुँमा छायांकन हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १५ गते आइतबार ०२:०४

शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक राजुले फिल्म युनिटलाई स्वागत गर्दै पर्यटन प्रबद्र्धनका लागि भूमिका खेल्न आग्रह गरे । पर्यटन प्रवद्धनसँगै अर्थतन्त्रलाईसमेत टेवा पुग्नेमा उनको विश्वास छ ।

नेपाली फिल्म मालती मंगलेको तनहुँमा शुभसाइत गरेर छायांकनको सुरुवात गरिएको छ । तनहुँको प्रसिद्ध ढोरवराही मन्दिरमा शुभसाइत गरेर छायंकनको सुरुआत गरिएको हो ।

शुभसाइतसँगै शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले फिल्म युनिटलाई स्वागतसमेत गरेको छ । गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको फिल्म ‘मालती मंगले’ शुक्लागण्डकी नगरपालिका- ११ राइपुरस्थित खोलाखेत, घिमिरेगाउँसँगै तनहुँ र स्याङजाको सिमानामा पर्ने कोल्मा लगायतको स्थानमा छायांकन हुनेछ ।

शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक राजुले फिल्म युनिटलाई स्वागत गर्दै पर्यटन प्रबद्र्धनका लागि भूमिका खेल्न आग्रह गरे । पर्यटन प्रवद्धनसँगै अर्थतन्त्रलाईसमेत टेवा पुग्नेमा उनको विश्वास छ ।

फिल्मका निर्माता रामकृष्ण ढकालले संघर्ष गर्ने प्रेमिल जोडीको कथामा फिल्म बनाउन लागेको बताए । फिल्मले सामाजिक सन्देश बोकेको उनको भनाइ छ । ‘हाँस्य पनि छ । सामाजिक सन्देश छ । समग्रमा सुन्दर प्रेमकथा हो’, फिल्मबारे उनले भने ।

प्रकु पाण्डेले निर्देशन गर्ने फिल्ममा विजय बराल र वर्षा राउतसँगै मेक्सम गौडेल, शकु शाह, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुष्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, सागर भट्टराईको अभिनय रहेको छ ।

संयोग गुरुगाईंको पटकथा र संवाद रहेको फिल्मको सहनिर्माता विन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईं र ईश्वर बजगाईं छन् ।

रानी म्युजिक प्रालिको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा फिल्म निर्माण हुँदैछ ।

प्रकाशित मिति २०८२ भदौ १५ गते आइतबार ०२:०४
हजुरको प्रतिक्रिया