२०८३ असोज २३ गते शुक्रबार

एफसी यु–२३ एसियन कप छनोट : नेपालले आज पहिलो खेल ताजकिस्तानसँग खेल्ने

एफसी यु–२३ एसियन कप छनोट : नेपालले आज पहिलो खेल ताजकिस्तानसँग खेल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १८ गते बुधबार ०९:५४

यसपछि नेपालले यस्तै नेपालले सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ ।
प्रत्येक खेलले एएफसी यु–२३ एसियन कपतर्फको बाटो निर्धारण गर्नेछ ।

पोखरा ।

एएफसी यू–२३ एसियन कप छनोट खेल आजदेखि ताजिकिस्तानमा सुरु हुँदैछ ।

एफसी यु–२३ एसियन कप छनोट अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल घरेलु टिम ताजकिस्तानविरुद्ध खेल्दै छ । नेपालले नेजकिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

खेल दुशान्बेमा सेन्ट्रल स्टेडियममा नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुनेछ ।

सो छनोट प्रतियोगिता अन्तर्गत समूह ‘के’ को पूर्वसन्ध्यामा भएको प्रि–म्याच कन्फ्रेन्समा नेपालको यु–२३ टिमका प्रशिक्षक नवीन न्यौपानले पूर्ण रूपमा तयारीका साथ ताजकिस्तान गएको बताए ।

प्रि–म्याच कन्फ्रेन्समा न्यौपानेले आफ्नो टिम जित्नका लागि गएको बताएका छन् ।  प्रशिक्षक नवीनले यस प्रतियोगितामा रहेका सबै टिम सशक्त रहेको तर आफूहरू पनि दुई महिनाको तयारीसहित खेल्न पुगेको जानकारी दिए ।

यसपछि नेपालले यस्तै नेपालले सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ ।

प्रत्येक खेलले एएफसी यु–२३ एसियन कपतर्फको बाटो निर्धारण गर्नेछ ।

राष्ट्रिय टोलीबाट खेलिसकेका आयुष घलानको कप्तानीमा नेपाली यू–२३ टोली यू–२३ एसियन कप छनोट खेल्दैछ ।

अन्य खेलाडीमा कृशल मोक्तान, अमित टमाटा, विशाल केसी (गोलरक्षक) तथा विवेक गुरुङ, विशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारू, सीमान्त थापा (डिफेन्डर) रहेका छन्।

यसै गरी मिडफिल्डरमा आयुषसहित अभिषेक स्याङ्तान, एरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिशरत्न छुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ र फरवार्डद्वय रोहन खड्गी र नीराजन धामी छन् ।

प्रकाशित मिति २०८२ भदौ १८ गते बुधबार ०९:५४
हजुरको प्रतिक्रिया