२०८३ असोज २३ गते शुक्रबार

स्पष्ट जितको खोजीमा भिड्दै आज नेपाल र भारत

स्पष्ट जितको खोजीमा भिड्दै आज नेपाल र भारत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ २० गते आइतबार १२:५०

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल भिडन्त आज हुँदैछ । खेल दशरथ रंगशालामा साँझ ५ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ । यसअघि बिहीबार दुबै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए । नेपालले साफ च्याम्पियनसिपमा अहिलेसम्म सेमिफाइनल पार गरेको...

खेल मैत्रीपूर्ण, नजर बरियता सुधारमा

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल भिडन्त आज हुँदैछ । खेल दशरथ रंगशालामा साँझ ५ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ । यसअघि बिहीबार दुबै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए ।

नेपालले साफ च्याम्पियनसिपमा अहिलेसम्म सेमिफाइनल पार गरेको छैन् । यता भारतको फितलाे प्रदर्शन भनेकै सेमिमा राेकिनु हो । भारत दक्षिण एसियाकै सर्वाधिक सफल टोली हो ।

नतिजा जस्तो भएपनि नेपालविरुद्दको खेल भारतका लागि सहज भने कहिल्यै भएन । भारतविरुद्द मैदानमा उत्रिँदा नेपाली टोली छुट्टै जोशका साथ उत्रन्छ ।

यसपटक साफ २०२१ अक्टोबर १ देखि १६ सम्म माल्दिप्समा हुँदैछ । यसैको तयारीका लागि भन्दै काठमाडाैं ओर्लिएको भारतीय टोलीमा अनुभवी पुराना खेलाडीसँगै जोशिला यूवा खेलाडीको मिश्रण छ । मैत्रिपूर्ण पहिलो खेल बराबरीमा चित्त बुझाएको भारत आज स्पष्ट जीतको खोजीमा हुनेछ । किनकि, जीतले उसकाे बरियतामा प्रभाव पार्ने छ । आजको खेलमा नेपाललाई पराजित गर्दै फिफा बरियतामा माथि उक्लिँनु उसकाे लक्ष्य हुनेछ । एसियन कप २०२३ को छनाेटमा अक्टोबरको बरियताले प्रभाव पार्ने र छनाेटको तेस्रो चरणमा प्रतिष्पर्धा गर्ने २४ टोलीको टुङ्गो बरियताले निर्धारण गर्ने भएकोले पनि भारत आजको खेलमा नेपालबाट अंक खोस्न चाहन्छ ।

यता, नेपालपनि आफूभन्दा माथिल्लो बरियताको भारतसँग सके अंक खोस्ने, नसकेपनि बराबरीमा चित्त बुझाउने दाउमा हुनेछ । नेपालले यो मैत्रिपूर्ण खेल र साफ च्याम्पियनसिपमा आफ्नो बरियता सुधार गर्न सकेको खण्डमा एसियन कप छनाेटको पट ४ बाट आफूलाइ माथि उकास्न सक्छ ।  नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो खेल बराबरीमा सकिएपछि माफी माग्दै दोस्रो खेलमा जित निकाल्न चाहेको संकेत गरिसकेका छन् ।

हेड टु हेड
१९९३ मा बंगलादेशको ढाकामा आयोजित दक्षिण एशियाली खेलकुदअन्तर्गत फुटबलतर्फ स्वर्ण जित्ने क्रममा नेपालले फाइनलमा भारतलाई हराएको थियो । त्यसको २० वर्षपछि २०१३ मा नेपालले दशरथ रंगशालामै भारतलाई २–१ ले हराएको थियो । नेपालको सिनियर टोलीले भारतलाई यी दुई अवसरमा मात्रै हराएको हो । जबकी भारतले भने १३ पटक जित हासिल गरिसकेको छ । यी दुई टोलीबीच खेलिएका २० खेलमध्ये बाँकी ५ खेल बराबरीमा टुंगिएका छन् ।

प्रकाशित मिति २०७८ भदौ २० गते आइतबार १२:५०

हजुरको प्रतिक्रिया