२०८३ साउन २१ गते बिहीबार

खाद्य उद्योग दर्ता सिफारिस, अनुमतीपत्र जारी तथा नविकरण सेवा अब अनलाइन

खाद्य उद्योग दर्ता सिफारिस, अनुमतीपत्र जारी तथा नविकरण सेवा अब अनलाइन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १८ गते बुधबार ०३:०३

काठमाडौ । खाद्य उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी तथा नविकरण सेवा अबदेखि अनलाइनबाट हुने भएको छ । सरकारी सेवालाई अनलाइनमार्फत सहज बनाउने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाईन सेवा उपलब्ध गराएको हो । खाद्य...

काठमाडौ ।

खाद्य उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी तथा नविकरण सेवा अबदेखि अनलाइनबाट हुने भएको छ ।
सरकारी सेवालाई अनलाइनमार्फत सहज बनाउने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाईन सेवा उपलब्ध गराएको हो ।
खाद्य उद्योग दर्ता, अनुमतीपत्र जारी तथा नवीकरणका लागि ‘नेपाल फुड एण्ड फिड इण्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए ।
यो प्रणाली खाद्य उद्योगी व्यवसायीहरुको सहजताका लागि संचालनमा ल्याइएको उनले बताए । महानिर्देशक कर्णकाअनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २६(ठ) बमोजिम विभागले प्रवाह गर्ने सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यकताअनुसार विद्युतीय प्रणाली विकास गरी प्रयोगमा ल्याउने व्यवस्था रहेको छ ।
सो ऐनको दफा ८ मा खाद्य उद्योग दर्ताको सिफारिस, दफा ९ को खाद्य उद्योगले अनुमतिपत्र तथा दफा १० बमोजिम खाद्य उद्योगको अनुमतिपत्र मान्य अवधि र नवीकरण लगायतको सेवा प्राप्त हुने उल्लेख छ ।
उनले यी तीन वटै दफाहरुलाई चुस्तदुरुस्त तरिकाले सेवा प्रवाह गर्नको लागि मंगलनारबाट विभागले नेफिल्स प्रणाली सञ्चालनमा ल्याएको जानकारी दिए ।
उनले भने, ‘यो प्रणाली कसको लागी ल्याएको भन्दा खासगरि खाद्य उद्योगी, व्यवसायीहरु हुनुहुन्छ, जसले खाद्य उद्योग, पहिलो हामी अनुज्ञापत्र पत्र भन्थेउ, खाद्य उद्योगको अनुज्ञापत्र । अहिले चाहीँ अनुमति पत्र भन्छौँ । त्यो अनुमति पत्र लिने खाद्य उद्योगी व्यवसायीहरुलाई खासगरि ल्याईएको हो । यसमा उद्योग स्थापना गर्नुभन्दा पहिले उद्योगहरुले सिफारिस लिनुपर्ने व्यवस्था रहेको छ । यसैगरि अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरि नविकरण गर्नुपर्ने व्यवस्था रहेको छ । यी सबै व्यवस्था हाल नेपाल सरकारले २०८१ सालमा नेपाल सरकारबाट स्वीकृत भएको, सम्मानित सदनबाट स्वीकृत भएर राष्ट्रपतिबाट लालमोहर लागिसकेपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ नेपाल सरकारले ल्याएको छ । त्यो ऐनको दफा २६(ठ) हे¥यौ भने त्यहाँ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रवाह गर्ने सेवाहरुलाई क्रमैसंग आवश्यकता अनुसार सेवा प्रदान गर्ने कुराहरुलाई चुस्त, दुरुस्त बनाउनको लागी विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था रहेको छ । र त्यहीअनुसार हामीले खाद्य ऐनको दफा ८ बमोजिम सिफारिस लिनुपर्ने, दफा ९ बमोजिम खाद्य उद्योगले अनुमतिपत्र लिनुपर्ने र दफा १० मा त्यस अनुमति पत्रको नविकरणको प्रक्रिया र मान्य अवधिको व्यस्वस्था गरिएको छ । यी तीन वटा दफाहरुलाई चुस्तदुरुस्त तरिकाले कसरी प्रवाह गर्न सकिन्छ भन्ने उद्देश्यले यो नेफिल्स भन्ने विद्युतीय प्रणाली चाहीँ विभागले हिजो (मंगलवार)बाट सञ्चालनमा ल्याएका छौँ ।’

प्रकाशित मिति २०८२ भदौ १८ गते बुधबार ०३:०३
हजुरको प्रतिक्रिया