पोखरा ।
पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित रहेका खाजाघरमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जाल्पारोडस्थित रहेका विभिन्न खाजाघरहरुमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले टोलीले एक महिलासहित ४जनालाई मंगलबार पक्राउ गरेको हो ।
खाजाघरमा अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा चितवन घर भई पोखरा–८ जाल्पारोड बस्ने २८ वर्षीय सुनिता तामाङ, तनहुँ व्यास नगरपालिका घर भई पोखरा ८ सृजनाचोक बस्ने १९ वर्षीय सुवास गुरुङ, बागलुङको जैमिनि नगरपालिका–८ घर भई पोखरा न्यूरोडबस्ने २१ वर्षीय सागर थापा मगर शंकर थापालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य,सुरक्षा,सुविधा र नैतिकता विरुद्धको कसूरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । यस्तै प्रहरीले जाल्पारोडमा रहेका खाजाघरबाट ११ जना महिलाहरुको उद्धार गरेर कोपिला नेपाल संस्थामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।




