२०८३ साउन २१ गते बिहीबार

अफर नै अफरसंग टाटा मोटर्सको ‘प्रि – फेस्टिभ फियस्टा’ सुरु

अफर नै अफरसंग टाटा मोटर्सको ‘प्रि – फेस्टिभ फियस्टा’ सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २० गते शुक्रबार ०४:२१

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले नजिकिँदै गरेको चार्डपर्वलाई लक्षित गर्दै ‘प्रि - फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम भाद्र २० र २१ (सेप्टेम्बर ५...

काठमाडौं ।

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले नजिकिँदै गरेको चार्डपर्वलाई लक्षित गर्दै ‘प्रि – फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम भाद्र २० र २१ (सेप्टेम्बर ५ र ६ ) दुई दिन सञ्चालन हुनेछ।

यस अवसरमा ग्राहकहरूले टाटाका नयाँ इलेक्ट्रिक मोडल तथा आईसिई (ICE) मोडलका गाडीहरूको संयुक्त प्रदर्शनी अवलोकन गर्नुका साथै, ती गाडीहरू टेस्ट ड्राइभको गर्दै विशेष अफरहरुको साथ गाडी बुक गर्न सक्नेछन्।

प्रदर्शनीमा टियागो.ईभी, पञ्च.ईभी, नेक्सन के३.ईभी, कर्भ.ईभी लगायतका लोकप्रिय इलेक्ट्रिक गाडीहरु राखिएका छन् ।  त्यस्तै, आईसिई (ICE) मोडेलहरूमा टाटाका टियागो, पञ्च, नेक्सन र टाटा सफारी समेत राखिएका छन्। यी मोडलहरूले किफायतीदेखि प्रिमियम सेग्मेन्टसम्मका ग्राहकलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ।

ग्राहकलाई थप आकर्षित गर्न टाटा मोटर्स नेपालले ‘प्रि – फेस्टिभ फियस्टा’ मा  विभिन्न सुविधाहरु: जसमा लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ,आकर्षक छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन,निःशुल्क इम्बोस्ड नम्बर प्लेट,फ्री कम्पर्हेन्सिभ अटो प्लस इन्स्योरेन्स, फ्री एसोसोरिज, एक वर्षको निःशुल्क वार्षिक सवारी कर, र फ्रि होम चार्जिंग इंस्टॉलेशन समावेश गरिएका छन्।

कार्यक्रम टाटाको नेपालभरी रहेको शो रुममा भइरहेको छ।

यसरी आकर्षक सुविधासहित सञ्चालन हुने यस ‘प्रि – फेस्टिभ फियस्टा’ कार्यक्रमको उद्देश्य आर्थिक सुविधा प्रदान गराउनु मात्र नभई ग्राहकहरूलाई चाडपर्वको खुशी तथा उत्साहसँग जोड्ने एउटा सुनौलो मध्यामका रुपमा कम्पनीले लिएको छ ।

प्रकाशित मिति २०८२ भदौ २० गते शुक्रबार ०४:२१
हजुरको प्रतिक्रिया